यस्तो छ आजको मौसम पुर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने भएको छ । महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ । जसकारण मुलुकका पहाडी भेगमा आज दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदली हुने गरेको छ । केही क्षेत्रमा हल्का वर्षा पनि भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । तर, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा…
















