राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

आज २०७९ कार्तिक ४ गते, शुक्रवार, २१ अक्टोबर २०२२। कार्तिक कृष्णपक्ष एकादशी तिथि । राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजनको अवसर पनि मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ कमको थालनी हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामान हराउने वा चोरी हुने भय छ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला, तर साँझमा खर्च बढ्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
समय त्यति राम्रो रहने छैन । पढाईको क्षेत्र कमजोर रहन सक्छ । गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यवसायबाट लाभनै मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार