कैलालीमा गठबन्धनको जीत सुनिश्चित: ओली प्रतिगामीको पराजित निश्चित
लम्की । नेपाली काँग्रेसका नेता एवम् बामलोकतान्त्रिक गठबन्धन राजनितिक उच्च स्तरिय संयन्त्र प्रवक्ता देवानन्द जैशी सुवेदीले कैलाली जिल्लामा गठबन्धनको जीत सुनिश्चित रहेको र ओली प्रतिगामीको पराजित निश्चित भएको भएको बताएकाछन् । शनिबार लम्कीचुहा नगरपालिका ६ बावनपुरमा भएको गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जैशीले गठबन्धनले कैलालीमा भारी मतले जित्ने भन्दै ओली प्रतिगामीको पराजित निश्चित भएको बताएकाहुन् । गठबन्धनमा रहेका दलहरुको आपसी एकता र गठबन्धनमा उर्लेको जनलहर देखेपछि प्रतिगामी पार्टी नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ मा अतालिएको छ । काङ्ग्रेसको उम्मेदवार छैन? किन माओवादी लाई भोट हाल्ने ? भनेर हार मानसिकताले भ्रमको सिर्जना गर्ने नेकपा एमालेले बुझोस् जुनसुकै पार्टीबाट…
















