नाैलाेप्रेस डेस्क

822 Posts
लम्किमा जारी प्याब्सन मेयर कप फुटबल/ क्रिकेट प्रतियोगितामा गुरुकुल लम्की दुबै बिद्या तर्फ उपाधीका लागि भिडने

लम्किमा जारी प्याब्सन मेयर कप फुटबल/ क्रिकेट प्रतियोगितामा गुरुकुल लम्की दुबै बिद्या तर्फ उपाधीका लागि भिडने

बर्दगोरिया (कैलाली) । कैलालीको लम्की चुहा नगरपालिकामा जारी प्याब्सन मेयर कप फुटबल/ क्रिकेट प्रतियोगितामा सोमबार (आज) फुटबल तर्फको फाईनल खेल हुने भएको छ भने क्रिकेट प्रतियोगिताको फाईनल खेल भोलि मंगलबार हुने भएको छ । लम्की चुहा नगरपालिकाको सहयोग तथा लम्की चुहा प्याब्सन समितिको आयोजनामा भई रहेको प्रतियोगितामा फुटबल/ क्रिकेट दुबै बिद्या तर्फ गुरुकुल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा क्रिकेट तर्फ तेस्रो स्थानका आगि क्याम्बृज बलिया र राष्ट्रिय मा वि प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगितामा फुटबल तर्फ नि मा तह र क्रिकेट तर्फ मा वि तह अन्तरगत भइ रहेको प्रतियोगितामा लम्की स्थित गुरुकुल इङ्लिस स्कुल दुबै बिद्या…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा हात्तिपाइले रोग निवारण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया-५ मा हात्तिपाइले रोग निवारण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा हात्तिपाइले रोग निवारण सम्बन्धी सामुदाय स्तरीय अन्तरक्रिया तथा अभिमुखिकरण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हात्ती पाइले रोगबाट पालिकाका आम नागरिकलाई कसरी सुरक्षित राख्ने ? आम नागरिकलाई हात्तिपाइले औषधी कसरी सवैलाई खुवाउने र यसको प्रभावकारीताका बिषयमा अन्तरक्रियामा छलफल भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीको अध्यक्षतामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष चौधरीले यसको ब्याक प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका हुन । स्वास्थ्य कर्मीले भने जस्तै एक व्यक्तिले यो औषधि सेवन गर्दैमा रोक नियन्त्रण गर्न नसकीने…
पुरा पढ्नुहाेस्
उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

चितवन । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले चितवन क्षेत्र नं २ मा हुने उक्त उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले एक सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन…
पुरा पढ्नुहाेस्
जोशीपुर गाउपालिकाले ल्यायो सिकलसेल रोग चेकजाँच गर्ने मेसिन/चाडै सुचारु गर्न अध्यक्ष चौधरिको निर्देशन

जोशीपुर गाउपालिकाले ल्यायो सिकलसेल रोग चेकजाँच गर्ने मेसिन/चाडै सुचारु गर्न अध्यक्ष चौधरिको निर्देशन

जोशिपुर । कैलालीको जोशीपुर गाउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले सिकलसेल एनिमिया रोग चेकजाँच गर्ने मेसिन ल्याएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश आपुर्ती केन्द्र महाशाखा प्रमुख निरज अर्याल र सेति प्रादेशिक अस्पतालका डा. प्रदिप मिश्रले जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई मेसिन हस्तान्तरण गरेका हुन । जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, उपाध्यक्ष रेखा देवि कठरिया, वडा अध्यक्षहरु, वडा सदस्यहरु, स्वास्थ्य कर्मीहरुको उपस्थितिमा मेसिन हस्तान्तरण भएको हो । स्थानिय स्तरमा सिकलसेल रोगको चेकजाँच निशुल्क रुपमा हुनु जोशीपुरको लागि खुशीको कुरा भएको डा. प्रदिप मिश्रले बताए । थारु जातिको बाहुल्यता रहेको पालिकामा यो सिकलसेल रोग पनि विशेष गरि थारु समुदायका मानिसमा लाग्ने भएकोले…
पुरा पढ्नुहाेस्
श्री न्यु ज्योति आधारभूत विद्यालय रानिकुण्डाले गर्‍यो सामाजिक लेखा परीक्षण सार्बजनिक

श्री न्यु ज्योति आधारभूत विद्यालय रानिकुण्डाले गर्‍यो सामाजिक लेखा परीक्षण सार्बजनिक

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानिकुण्डामा संचालित श्री न्यु ज्योति आधारभूत विद्यालयले आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ । विहिबार अभिभावकसहितको उपस्थितिमा बिधालयले आर्थिक वर्ष २०७८/०७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बिकको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य रहेका थिए । कार्यक्रममा प्रमुख अथिती आचार्यले आफुहरुले निर्वाचनका बेला जनतामाझ गरेका वाचा अनुसार निरन्तर काम गरेको बताए । जस मध्य शिक्षा क्षेत्र पनि एक रहेको बताउदै शिक्षामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न आफुहरुले एक गृह कार्यगर्दै अगाडि बढने बताए…
पुरा पढ्नुहाेस्
दिगो बिकास समाज भजनीको बर्दगोरियामा परिचयात्मक तथा समन्वयात्मक कार्यशाला गोष्ठी सम्पन्न

दिगो बिकास समाज भजनीको बर्दगोरियामा परिचयात्मक तथा समन्वयात्मक कार्यशाला गोष्ठी सम्पन्न

बौनिया । दिगो बिकास समाज भजनी कैलालीले बर्दगोरिया गाउपालिकामा पालिका स्तरिय परियोजना परिचयात्मक तथा सरोकारवाला संग समन्वयत्माक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । दिगो बिकास समाज भजनीले लुथरन विश्व फेडरेशन नेपालको सहयोगमा पालिकाको ४,५ र ६ नम्बर वडामा विभिन्न सिपमुलक तथा कृषिका क्षेत्रमा सहयोग तथा समन्वय कार्यक्रम गर्दै आएको छ । दिगो बिकास समाज भजनी कैलालीले आज एक कार्यक्रमका बिच पालिकामा २०७९/०८० मा संचालन हुन लागेका विभिन्न कार्यक्रम तथा सहयोगका बारेमा जानकारी गराएको हो । कार्यशाला गोष्ठीमा गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स-साना योजना भन्दा ठुला तथा प्रभाबकारी योजनालाई अगाडि बढाउन आग्रह गर्नु भयो । साथै गोष्ठीमा पालिका अध्यक्ष कुँवरले…
पुरा पढ्नुहाेस्
लम्कीचुहामा सेवाग्राहीले गरे कर्मचारीमाथि कार्यकक्षमै हातपात, पेनडाउन गर्दै कर्मचारी आन्दाेलित

लम्कीचुहामा सेवाग्राहीले गरे कर्मचारीमाथि कार्यकक्षमै हातपात, पेनडाउन गर्दै कर्मचारी आन्दाेलित

लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा कर्मचारी माथि हातपात भएको छ । बुधबार नगरपालिकाको कार्यकक्ष भित्रै ईन्जिनियर प्रशान्त अधिकारी माथि हातपात भएको हो । बिहान अधिकारीकाे कार्यकक्षमै हातपात भएको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले जानकारी गराउनु भएको छ । याेजनाकाे विल उठाउने बिषयलाई लिएर ईन्जिनियर अधिकारीलाई लम्कीका ठेकेदार प्रकाश शाहीले हातपात गरेकाे लम्कीचुहा नगरपालिकाकाले जनाएको छ । कार्यकक्षमै कर्मचारी माथि हातपात भएको भन्दै अहिले कर्मचारीहरुले एक विज्ञप्ति जारी गर्दै आजनै पेनडाउन गरेर आन्दाेलित भएका छन । यता ईलाका प्रहरी कार्यालय लम्कीले भने घटनाको बारेमा अनुसंधान भईरहेकाे बताएको छ । 
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा भव्य रुपमा मनाइयो २८ औं जनयुद्ध दिवस (फोटो सहित)

बर्दगोरिया-६ मा भव्य रुपमा मनाइयो २८ औं जनयुद्ध दिवस (फोटो सहित)

१, फागुन २०७९ कैलाली । नेकपा माओवादी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले २८ औं जनयुद्ध दिवस मनाएको छ । "सन्सारका मजदुर एक हौं" भन्ने मुल नारा सहित २८ औं जनयुद्ध दिवस वडाको सुगुरखाल स्थित भक्तिनियाडाडामा भव्य रुपमा मनाइएको हो ।  कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य बिमला सिह प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै उनले जनयुद्धकै बलमा देशमा राजनीतिक परिवर्तन आएको दाबी गर्दै त्यसको परिवर्तनको रक्षाका लागि सबैले एक जुट भएर लाग्नु पर्नेमा जोड दिइन  । साथै माओवादीले तत्कालीन समय जनयुद्ध सञ्चालन नगरेको भए अहिलेको संघीयता, गणतन्त्र, समावेशीजस्ता राजनीतिक उपलब्धि प्राप्त हुनै नसक्ने बताउदै अहिले…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा हात्तिपाइले रोग निवारण सम्बन्धी पालिका स्तरीय सरोकारवाला सँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरियामा हात्तिपाइले रोग निवारण सम्बन्धी पालिका स्तरीय सरोकारवाला सँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा हात्तिपाइले रोग निवारण सम्बन्धी पालिका स्तरीय सरोकारवाला सङ्ग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हात्ती पाइले रोगबाट पालिकाका आम नागरिकलाई कसरी सुरक्षित राख्ने ? आम नागरिकलाई हात्तिपाइले औषधी कसरी सवैलाई खुवाउने र यसको प्रभावकारीताका बिषयमा अन्तरक्रियामा छलफल भएको हो । पालिकाका आम सरोकारवाला व्यक्ति हरुको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य कर्मी कैलाली रावलले हात्तिपाइले रोगका बिषयमा प्रशिक्षण दिएका थिए । सो अवसरमा पालिकाका जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिले आफ्नो अमुल्य सुझाव तथा जिज्ञासा् व्यक्त गरेका थिए । यस वर्ष पनि बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाले पालिकाका ३५ हजार  जना नागरिकलाई हात्ती पाइलेको औषधी खुवाउने लक्ष…
पुरा पढ्नुहाेस्
श्री राष्ट्रिय नव जागृत मा.विले समय भन्दा पनि आउने शिक्षक तथा बिद्यार्थीलाई बिधालय प्रवेशमा रोक

श्री राष्ट्रिय नव जागृत मा.विले समय भन्दा पनि आउने शिक्षक तथा बिद्यार्थीलाई बिधालय प्रवेशमा रोक

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा हरेको श्री राष्ट्रिय नव जागृत माध्यमिकले बिधालय समय अवधि भन्दा पछी आउने शिक्षक र विद्यार्थी लाई बिधालय हता भित्र प्रवेश गर्न रोक लगाएको छ । बिध्यालयको बिहान शैक्षिक गुणस्तरलाई थप व्यबस्तित बनाउन उक्त नियमलाई प्राथमिकताका साथ अगाडि बढाएको बिधालय व्यवस्थापन समिति का अध्यक्ष नेत्र भण्डारी जानकारी दिए। उनका अनुसार बिधालय समय बिहान १० बजे भित्र बिद्यालयमा प्रवेश नगर्ने शिक्षक तथा विद्यार्थीलाई बिधालय प्रवेशमा रोक लगाइएको छ । उनले भने बिद्यालयको समय भनेको बिहान १० देखि ४ बजे सम्म कायम भएको भए पनि आफु खुसी बिद्यालयमा आउने र बाहिर जाने प्रक्रिया…
पुरा पढ्नुहाेस्