लम्किमा जारी प्याब्सन मेयर कप फुटबल/ क्रिकेट प्रतियोगितामा गुरुकुल लम्की दुबै बिद्या तर्फ उपाधीका लागि भिडने

बर्दगोरिया (कैलाली) । कैलालीको लम्की चुहा नगरपालिकामा जारी प्याब्सन मेयर कप फुटबल/ क्रिकेट प्रतियोगितामा सोमबार (आज) फुटबल तर्फको फाईनल खेल हुने भएको छ भने क्रिकेट प्रतियोगिताको फाईनल खेल भोलि मंगलबार हुने भएको छ ।

लम्की चुहा नगरपालिकाको सहयोग तथा लम्की चुहा प्याब्सन समितिको आयोजनामा भई रहेको प्रतियोगितामा फुटबल/ क्रिकेट दुबै बिद्या तर्फ गुरुकुल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतियोगितामा क्रिकेट तर्फ तेस्रो स्थानका आगि क्याम्बृज बलिया र राष्ट्रिय मा वि प्रतिस्पर्धा गर्ने भएका छन ।

प्रतियोगितामा फुटबल तर्फ नि मा तह र क्रिकेट तर्फ मा वि तह अन्तरगत भइ रहेको प्रतियोगितामा लम्की स्थित गुरुकुल इङ्लिस स्कुल दुबै बिद्या तर्फ फाईनल पुग्न सफल भएको हो ।

फुटबल तर्फ सेती भिजन एकाडेमी चुहा र गुरुकुल प्रतिस्पर्धा गर्दा क्रिकेट तर्फ नाता एकाडेमी लम्कीका विरुद्ध गुरुकुल लम्की प्रतिस्पर्धा गर्ने भएका छन ।

प्रतियोगिताको उद्घाटन माघ २९ गते भएको थियो भने प्रतियोगिताको समापन फागुन ९ गते हुने छ ।

प्रतियोगितामा क्रिकेट तर्फ १५ बिधालय र फुटबल तर्फ २३ बिधालयको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार