प्रेस सेन्टर नेपाल कञ्चनपुरको १३ औँ वार्षिक साधारण सभा सम्पन्न
कैलाली । प्रेस सेन्टर नेपाल कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कञ्चनपुरको १३ औँ बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको हो । ‘सम्पूर्ण श्रमजिवी पत्रकारहरु एक हौँ, समाजवादको यात्रामा अघि बढौँ भन्ने मुल नाराका साथ महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभामा शुभकामना मन्तव्य दिने अथितिले पछिल्लो समयमा प्रेस जगतमाथि थुप्रै चुनौती थपिएको बताउँदै प्रविधिको उच्चतम विकास प्रयोग गर्दै बेथितिका बिरुद्धमा शसक्त कमल चलाउनुपर्नेमा जोडदिएका छन । कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका सचिव समेत रहेका प्रेस सेन्टरका केन्द्रीय सचिव राजेन्द्र प्रशाद अवस्थीले…

















