साफ महिला च्याम्पियनशिपमा भुटान नेपालद्धारा ४–० गोलले पराजित

२१, भाद्र २०७९ काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलको उद्घाटन खेलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोलले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गरेका थिए । सावित्राले खेलको १२ औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३ औं र ८५ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार