जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद
बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन भएको बताएका छ्न । कैलालीको बर्दगोरिया गाउँपालिका ५ मा गठबन्धनले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमिति सभापति कृष्ण विष्टको सभाध्यक्ष्तामा भएको कार्यक्रममा उनले पछिल्लो समय केही प्रतिगामी तत्वहरु जनताको विकास र समृद्धि मन्चन गरेर नेपाली जनतालाई आश्वासन मात्रै बाढ्ने गरेको हुदा ती सबै कुराको चिरफार गर्न मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार लाई भोट हाल्नुको विकल्प नभएको बताए । निवर्तमान सुदुरपश्चिम प्रदेश…