सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले बिहीबार गर्ने

कैलाली । सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन । मङ्सिर २२ गते (बिहीबार) बाट कैलालीको धनगढीमा सुरु हुने उक्त सुदूरपश्चिम महोत्सव उद्घाटन प्रधानमन्त्री देउवाल गर्ने भएका हुन ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए छन । बुधबार साँझसम्म महोत्सवको तयार पूरा हुने उनले बताएका छन्। उनका अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन झाँकी नृत्य प्रदर्शन गर्ने तयारी छ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन्। उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ। आगामी पुस २ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव अवधिमा झण्डै दश करोडको कारोबार हुने सङ्घले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार