प्रेस सेन्टर नेपाल कैलालीको वार्षिक साधारण सभा सम्पन्न
कैलाली । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कैलाली जिल्ला समन्वय समितिको वार्षिक साधारणसभा बुधबार आज सम्पन्न भएको छ । ‘सम्पूर्ण श्रमजिवी पत्रकारहरु एक हौँ, समाजवादको यात्रामा अघि बढौँ भन्ने मुल नाराका साथ जिल्लाको धनगढीमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणसभाको प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रामसिह ठगुन्ना रहेका थिए । साधारणसभा लाई सम्बोधन गर्दै उपाध्यक्ष ठगुन्नाले पछिल्लो समयमा पत्रकार माथी घटिरहेका घटना क्रम तथा पत्रकारको सुदृढीकरणका विषयमा महत्वपूर्ण भनाइ राखेका थिए । यस्तै विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र कैलालीको जिल्ला संयोजक लाजुराम चौधरी रहेका थिए…
















