प्रेस सेन्टर नेपाल कैलालीको वार्षिक साधारण सभा सम्पन्न

कैलाली । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कैलाली जिल्ला समन्वय समितिको वार्षिक साधारणसभा बुधबार आज सम्पन्न भएको छ ।

‘सम्पूर्ण श्रमजिवी पत्रकारहरु एक हौँ, समाजवादको यात्रामा अघि बढौँ भन्ने मुल नाराका साथ जिल्लाको धनगढीमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाको प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रामसिह ठगुन्ना रहेका थिए ।
साधारणसभा लाई सम्बोधन गर्दै उपाध्यक्ष ठगुन्नाले पछिल्लो समयमा पत्रकार माथी घटिरहेका घटना क्रम तथा पत्रकारको सुदृढीकरणका विषयमा महत्वपूर्ण भनाइ राखेका थिए ।

यस्तै विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र कैलालीको जिल्ला संयोजक लाजुराम चौधरी रहेका थिए ।
साधारणसभामा आफ्नो शुभकामना मन्तव्य राख्दै चौधरीले पार्टीको पछिल्लो अवस्थाको गतिविधिको चर्चा गर्दै संगठनका आवश्यकताहरु लाई पनि पार्टीले के कसरी समाधान गर्ने? भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । यस्तै प्रेस सेन्टर  नेपालीको हकमा पार्टी सधै साथ तथा सपोर्ट्मा रहने बताए ।

साधारण सभामा संगठनका महासचिव, सचिव, केन्द्रिय सदस्य, प्रदेश कमिटी अध्यक्ष लगाएका पदाधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

संगठनका जिल्ला अध्यक्ष तेजराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा संगठनका उपाध्यक्ष झलनाथ खनालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन जिल्ला सचिव मङल बास्कोटेले गरेको थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार