बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गिरिद्वारा पालिकामा संचालित विभिन्न योजनाको अनुगमन

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष गणेश राज गिरिले पालिकामा संचालित बिकास निर्माण कार्यको अनुगमन गर्नु भएको छ ।

बुधबार उपाध्यक्ष गिरिले सहित प्राबिधिकको टोलिले वडा नम्बर ६ को जोकाही- पृथ्वीपुर कालोपत्र सडकको अनुगमन गर्नु भएको हो ।

बुधबारनै उपाध्यक्ष गिरि संगै ईन्जिनियर टंक प्रसाद ओझा र वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले कुईरा नदिमा बनेको तटबन्धको अनुगमन समेत गरेका छन । यसै गरि झगडापुर देखि रानिकुण्डा हुँदै खैरेनी सम्म निर्माण भइ रहेको पानी पिच बाटोको समेत अनुगमन गरिएको छ ।

दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकले यतिबेला सडक मर्मत तथा सुधार सहित विभिन्न बिकास निर्माणको कामलाई तिब्रता दिन उपाध्यक्ष सहितको टोलि निरन्तर अनुगमनमा छ ।

अनुगमन गर्दै पालिका उपाध्यक्ष गिरिले निर्माण भइ रहेका बिकास निर्माणका योजनाहरुलाई गुणस्तरीय र सम्झौता अगावै सक्न निर्माण कम्पनी र उपभोक्ता समितिलाई निर्देशन समेत गरेका छन ।

उपाध्यक्ष तथा अनुगमन समिती संयोजक गिरिले पालिकामा संचालित योजनाहरु समय अगावै पूर्णता गर्न र बजेट फ्रीज नजावस भन्ने उद्देश्य अनुरुप अनुगमनलाई तिब्रता पारिएको बताए ।

अनुगमनमा उपाध्यक्ष गणेश राज गिरि संगै इन्जिनियर टंक प्रसाद ओझा र सब इन्जिनियर राजेन्द्र चौधरिको पनि सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार