सुदुरपश्चिम विशेष

अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको कोषाध्यक्षमा गौतम निर्बिरोध निर्वाचित

अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको कोषाध्यक्षमा गौतम निर्बिरोध निर्वाचित

कैलाली । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी को सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा सुन्दर गौतम निर्बिरोध निर्वाचित भएका छन । मंगलबार भएको प्रदेश सम्मेलन बाट गौतम निर्बिरोध सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन । गौतम राष्ट्रिय कलेज सुखका स्ववियु सभापति समेत रहेका छन । अध्यक्ष सहित अन्य पदका लागि भने निर्वाचन भएको छ। निर्वाचनको अन्तिम मतपरिणाम आउन बाकी रहेको छ । निर्वाचित भएपछि गौतमले संगठन एकढिक्का बनाएर कार्यबिधि हकहितमा आवाज बोल्ने बताएका छन।
पुरा पढ्नुहाेस्
घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

बर्दगोरिया । कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पालिकाको वडा नम्बर ४ भालुफाटा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जाँदै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाइकलले नामथर नखुलेका पुरुषलाई ठक्कर दिएको थियो। दुर्घटना आइतबार राति १०ः४५ तिर भएको हो । दुर्घटनामा करिब ५० वर्षीय पुरुष घाइते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–५ बस्ने २० वर्षीय रमेश जैगडी र…
पुरा पढ्नुहाेस्
बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, अन्य केहि घाइते

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, अन्य केहि घाइते

कैलाली। बझाङमा आइतबार राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति करिव १ बजेको समयमा बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुतेका १० जनामध्ये ६ जना भागेर बचेका हुन भने ४ जनाको घटना स्थलमै मृत्यु भएको हा । भागेकाहरु मध्ये केही समान्य घाइते भएका छन् । मृत्यु हुनेमा काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमेलीहरुले आज ओल्के पर्व मनाउदै

सुदूरपश्चिमेलीहरुले आज ओल्के पर्व मनाउदै

कैलाली । आज सुदूरपश्चिमेलीहरु ओल्के पर्व मनाइदैछ। आफन्तजनलाई काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात लगाएरका परिकारहरु बाँडेर ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ। हरेक वर्ष साउन मसान्तसँगै सुदुरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा…
पुरा पढ्नुहाेस्
धनगढीबाट दिपायलतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना

धनगढीबाट दिपायलतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना

डोटी । धनगढीबाट दिपायलतर्फ गइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको छ ।   बस दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा दुर्घटनामा परेको हो । बस दुर्घटना हुँदा बसमा सवार १४ जना पुरुष र २ जना महिला गरि १६ जना यात्रु घाइते भएका छन् ।   बस आज बिहान करि बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्
जुवा मुद्दामा फरार डडेल्धुराका ५ जना पक्राउ

जुवा मुद्दामा फरार डडेल्धुराका ५ जना पक्राउ

डेल्धुराः जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जुवा मुद्दामा फरार रहेका डडेल्धुराका ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मरौडाका ६५ वर्षीय गणेश चुनारा, ३७ वर्षीय उद्धब सार्की, अमरगढी–१ कै २८ वर्षीय दिपक कामी रहेका छन्। यस्तै अमरगढी नगरपालिका–२ का बिरेन्द्रबहादुर खडायत र भागेश्वर गाउँपालिका–५ का रुपाली बस्ने ३९ वर्षीय खगेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीका अनुसार पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जुवा मुद्दामा पाँच हजार जरीवाना ठहर गरेपछि फरार रहेका थिए। उनीहरुलाई बुधवार पक्राउ गरिएको हो।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई

बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई गरिएको छ । ढुंगानाको सरुवा छिमेकी जोशीपुर गाउँपालिकामा भएपछि मंगलबार फेरि भेटौला कार्यक्रम अन्तर्गत विदाई गरिएको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि , विभिन्न शाखा प्रमूख तथा कर्मचारीहरुले ढुंगानालाई फूलमाला , अविर तथा दोसल्ला ओढाई विदाई गरेका थिए । अधिकृत ढुंगाना २०८० साल पुष ११ गते अछाम जिल्लाको बान्नीगढी गाउँपालिकाबाट बर्दगोरिया गाउँपालिकामा हाजिर भएका थिए । ढुंगानाको सरुवा ८ महिना पछि जोशीपुर गाउँपालिकामा भएको हो । विदाई कार्यक्रममा शिक्षा शाखा प्रमुख नन्दाकुमारी भट्टले स्वागत गरेकी थिईन् भने जनप्रतिनिधिका तर्फबाट गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी…
पुरा पढ्नुहाेस्
कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

पहलमानपुर । कठरिया समुदायकाे भाषा, संस्कृति र माैलिक पहिचान जाेगाउन सबैकाे सहकार्य आवश्यक रहेकाे एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन् । एस.आई. एल ईन्टरनेशनल नेपालले कैलालीको घाेडाघाेडी नगरपालिकामा आयाेजना गरेकाे स्थानिय परियाेजना सल्लाह समितीकाे बैठकका सहभागीहरुले साे कुरा औंल्याएका हुन् । पछिल्लाे समय कठरिया समुदायको भाषा दिनानुदिन अन्य भाषीहरुकाे प्रभावमा परिरहेकाे कारणले साेकाे संरक्षण, सम्बर्द्धनका लागि मातृभाषी स्वयम्, स्थानीय सरकार, भाषा सम्बन्धि काम गर्ने संघ, संस्था र अन्य सराेकारवालहरुकाे सहकार्य र सक्रियता आवश्यक रहेकाे सहभागिहरुले बताए । कठरिया समुदायकाे बासाेबास रहेकाे १५ वटा कठरिया गाउँहरुमा कठरिया भाषा पढाई प्रवाह परियाेजना लागु गरिएकाे थियाे । परियाेजना एस.आई.एल.ईन्टरनेशल नेपाल र हिमाली आदिवासी समाज…
पुरा पढ्नुहाेस्
बर्दगोरियाले दियो गर्मी बिदा

बर्दगोरियाले दियो गर्मी बिदा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले गर्मी बिदा दिएको छ । पछिल्लो केही दिनदेखि अत्यधिक गर्मी बढेपछि बर्दगोरिया गाउँपालिकाले एकहप्ता विद्यालयमा बिदा दिएको हो । पालिकाले भोलि, शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले बिहिवार एज सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी पालिकाभित्र रहेका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन । गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पालिकाले बिदा दिइएको जनाइएको छ । पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४४ डिग्री सेल्सियससम्म पुग्ने गरेकाले दैनिक कामकाज…
पुरा पढ्नुहाेस्
घोडाघोडी बहुमुखी क्याम्पसमा सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ सम्बन्धि तीन दिने तालिम सुरु

घोडाघोडी बहुमुखी क्याम्पसमा सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ सम्बन्धि तीन दिने तालिम सुरु

कैलाली । कैलालीकाे सुखडमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूका लागि ‘सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ विषयक तीन दिने तालिम सुरु भएको छ । आज सोमबारदेखि कैलालीकाे घोडाघोडी नगरपालिका १, स्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा तालिम सुरु भएको हाे । विश्वविद्यालय अनुदान आयोग र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा घोडाघोडी बहुमुखी क्याम्पस अनुसन्धान विभागले तालिमको आयोजना गरेकाे हाे  । कैलाली, कञ्चनपुर र डाेटीका सामुदायिक क्याम्पसका प्राध्यापकहरूको क्षमता विकास गरि सामाजिक क्षेत्रमा अनुसन्धान र अध्ययन गर्नका लागि तालिम सञ्चालन गरिएकाे आयोजकले जनाएको छ । तालिममा कैलालीका मोहन्याल बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस र…
पुरा पढ्नुहाेस्