खेलकुद

एनपिएलअन्तर्गत आज पनि दुई खेलः पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच

एनपिएलअन्तर्गत आज पनि दुई खेलः पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच

काठमाडौँ । बुधबार आज पनि नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । खेल बिहान ९ बजे सुरु हुन्छ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौँ गोर्खाजका कप्तानमा करण केसी छन् । कर्णाली र काठमाडौँ दुवैको यो दोस्रो खेल हो, योभन्दा अगाडिको खेलमा दुवै टिमले जीत हासिल गर्न सकेको थिएनन् । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेल भने विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुँदै छ ।…
पुरा पढ्नुहाेस्
जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता; सोमबार सहभागी टिमको समूह बिभाजन

जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता; सोमबार सहभागी टिमको समूह बिभाजन

राजेन्द्र रावल  बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यहीँ मंसिर २१ गते बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ मा सहभागी बिद्यालय हरुकाे समूह बिभाजन भाेलि साेमबार बेलुकी ६ बजे हुने आयाेजकले जानकारी दिएको  छ । आयाेजकले दिएको जानकारी अनुसार प्रतियोगितामा जिल्ला भित्रका करिब १६ छात्रा र  ३२ छात्र टिमको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा सहभागी छात्र टिमलाई ४ समुहमा बिभाजन गरि नक आउट पद्धतिमा खेल हुने र समुहको बिजेताले सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तै उता लिककम नकआउटका आधारमा हुने छात्रातर्फ समेत समूह विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्  । प्रतियोगिताकाे उद्धघाटन एक…
पुरा पढ्नुहाेस्
आज देखि नेपाल प्रिमियर लिग क्रिकेटको शुभारम्भ हुँदै

आज देखि नेपाल प्रिमियर लिग क्रिकेटको शुभारम्भ हुँदै

काठमाण्डौं । काठमाण्डौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित बनेका छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी…
पुरा पढ्नुहाेस्
जिल्ला स्तरीय छात्रा/छात्र फुटबल प्रतियोगिताको उद्धघाटन मुख्यमन्त्री शाहले गर्ने 

जिल्ला स्तरीय छात्रा/छात्र फुटबल प्रतियोगिताको उद्धघाटन मुख्यमन्त्री शाहले गर्ने 

 राजेन्द्र रावल बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा हुन लागेको जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे उद्धघाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने भएका छन । नौलो प्रेस सङ्ग कुरा गर्दै आयोजक संस्थाका प्रमुख प्रमाेद मल्लले बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यही मंसिर २१ गते बाट सुरु हुन गइरहेको  जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे उद्धघाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने बताएका हुन । उक्त खेलमा जिल्ला भित्रका करिब बाह्र(१२)  छात्रा र  ३२ छात्र टिमको सहभागिता रहने छ । प्रतियोगिताको उद्धघाटन यहीँ मंसिर २१ गते बिहान ११:३० बजे…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जिल्ला स्तरीय अन्तर मा.वि. छात्रा/छात्र फुटबल प्रतियोगिता हुँदै

बर्दगोरियामा जिल्ला स्तरीय अन्तर मा.वि. छात्रा/छात्र फुटबल प्रतियोगिता हुँदै

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकामा जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता हुने भएको छ । बर्दगोरिया स्पोर्टस एण्ड इभेन्टसको आयोजनामा मङ्सिर २१ गते देखि उक्त जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय छात्र / छात्रा फुटबल प्रतियोगिता हुने भएको आयोजक बर्दगोरिया स्पोर्टस एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले नौलो प्रेसलाई जानकारी दिएका छन । विगत लामो समय देखि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको उक्त संस्थाले यस वर्ष पनि मङ्सिर २१ गते देखि मङ्सिर २८ गते सम्म उक्त जिल्ला स्तरीय अन्तर मा।वि। विद्यालय छात्र / छात्रा फुटबल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी,…
पुरा पढ्नुहाेस्
ताजकिस्तानसँग नेपालले आज मैत्रीपूर्ण खेल खेल्दै

ताजकिस्तानसँग नेपालले आज मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ । आज नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने उक्त खेल आज साँझ नेपाली समय अनुसार साँझ ६ः४५ बजेदेखि शुरु हुने छ । त्यस्तै सोही मैदानमा नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । फिफा वरियताको १०५ औं स्थानमा रहेको ताजकिस्तानसँग नेपालले यसअघि दुई खेल खेलेको छ । २०१७ मा एएफसी एशियन कप छनौटमा खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो । त्यसैगरी फिफा वरियता १५१ औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी…
पुरा पढ्नुहाेस्
आइसीसी विश्वकप लिग–२, स्कटल्याण्डसँग नेपालले आज खेल्दै

आइसीसी विश्वकप लिग–२, स्कटल्याण्डसँग नेपालले आज खेल्दै

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डसँग नेपालले आफ्नो दोस्रो खेलमा आज खेल्दैछ। खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ। यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ। नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन्। दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो। क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। नेपाली टिममा देव खनाल र…
पुरा पढ्नुहाेस्
विश्वकप लिग–२, नेपाल आज अमेरिकासँग भिड्दै

विश्वकप लिग–२, नेपाल आज अमेरिकासँग भिड्दै

आइसिसी विश्वकप लिग–२ मा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो तेस्रो श्रृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग नेपाली समय अनुसार राति ९ः१५ बजे भिड्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा हुने खेलमा नेपाल आफ्नो लिग–२ को विग्रदो लयलाई ट्रयाकमा ल्याउने प्रयासमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो। सिरिज नेपालले क्लिन स्वीप गरेकाले टोल आत्माविश्वासी रहेको छ। यद्यपि, त्यसपछि अमेरिकी ‘ए’ सँगको खेलमा पराजित भएकाले एकदिवसीय खेलको अस्थिर लयले निरन्तरता पाउने हो कि भन्ने चिन्ता भने नेपाली…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरियामा शुक्रबादेखि पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा सुरु भएको दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको गाउँपलिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले बर्दगोरियाको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै प्रतियोगितालाई सफल रूपमा संचालन गर्न आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेल जीत हारको मात्र नभई आपसी सम्बन्ध ,भाइचारा र मित्रताको प्रतीक बन्ने हुँदा प्रतियोगिता सफल पार्न सबैको सहयोग उतिकै महत्त्वपूर्ण हुने बताए ।…
पुरा पढ्नुहाेस्
बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय फुटबल प्रतियोगिता हुँदै

बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय फुटबल प्रतियोगिता हुँदै

कैलाली । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ यही कार्तिक ९ र १० गते बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा उक्त दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो । मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाका अनुसार खेलमा रुचि राख्ने तर उमेर तथा आफ्नो व्यावसायिक व्यस्तताका कारण खेल खेल्न नसकेका स्थानीय व्यापारी, कर्मचारीहरू लगायतका व्यक्तिहरूसँग आपसी सदभाव कायम रहोस् भन्ने उद्देश्यका साथ पालिका स्तरीय फुटबल खेलको आयोजना गरिएको हो । प्रतियोगिताको विजेता हुने टिमले खसी, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ, भने यस्तै…
पुरा पढ्नुहाेस्