खेलकुद

महिला लघुवित्तद्वारा नेेपालगन्जमा फुटबल प्रतियोगिता आयोजना

महिला लघुवित्तद्वारा नेेपालगन्जमा फुटबल प्रतियोगिता आयोजना

नेपालगन्ज  । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी  प्रदेशको नेपालगन्जमा  ग्लोबल मनी विक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक सहित  फुटबल प्रतियोगिता आयोजना गरेको छ । साथै महिला लघुवित्तले देशभर साताव्यापी रूपमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको हो। उक्त प्रतियोगितामा ४ वटा क्लवको सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रथम वा च्याम्पियन हुने टिम राझाँ एफसी क्लवले नगद रु ५१५५र ट्र्फी प्रमाणपत्र,मेडल र उपविजेता टिम एन वाई सी क्लवले नगद रु २५२५ र  ट्रफी, प्रमाणपत्र, मेडल लगायतका पुरस्कार वितरण गरिएको थियो । प्रत्येक विभिन्न उत्कृष्ट विधाका खेलाडी लाई समेत उचित पुरस्कारको व्यवस्था रहेको थियो । सााथै आठ जनालाई मायाको…
पुरा पढ्नुहाेस्
एस इन्टरनेशनल एजुकेसन द्रारा राष्ट्रिय क्रीकेट खेलाडी साउदलाई सम्मान

एस इन्टरनेशनल एजुकेसन द्रारा राष्ट्रिय क्रीकेट खेलाडी साउदलाई सम्मान

कैलाली । नेपालका राष्ट्रिय खेलाडी पछिल्लो समय नेपाल प्रीमियर लिगमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्र देखि अन्तर्राष्ट्रिय सम्म ख्याति प्राप्त क्रीकेटर नरेन साउदलाई एस इन्टरनेशनल एजुकेसन ले सम्मान गरेको छ। पछिल्लो समयमा देशलाई अन्तर्राष्ट्रिय स्थरमा चिनाउन  खेलेको भुमिका र नेपाल प्रिमियर लिग मा सुदुरपश्चिम् लाई फाइनल सम्म पुगाउन महत्त्वपूर्ण भुमिका खेलेका नरेन all rounder खेलाडी हुन । नेपाल प्रिमियर लिग मा उनले एउटै खेलमा ५ विकेट लगेर म्यान अफ द म्याच पनि भएका थिए । देशका लागि विभिन्न उमेर समुहमा राष्ट्रिय खेल खेलेका उनी सानै देखि बलिङ र ब्याटिङ्गमा सधै अग्र पन्तीमा रहदै आएका थिए । उनले खेलेका धेरैले जसो…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु

बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु

२३पुस /कैलालीको बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेल सन्चालन हुनेछन् । प्रतियोगिताको मंगलबार उदघाटन गर्दै बर्दगोरिया गाउँपालिका गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरलेले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष गणेश राज गिरिले शारीरिक…
पुरा पढ्नुहाेस्
बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र तर्फ बर्गिस टिकापुर र छात्रा तर्फ कर्णाली मा वि टिकापुर उपाधी उचाल्न सफल

बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र तर्फ बर्गिस टिकापुर र छात्रा तर्फ कर्णाली मा वि टिकापुर उपाधी उचाल्न सफल

बर्दगोरिया । ‘ प्रथम बिधालय स्तरीय जिल्ला व्यापी छात्रा/छात्र फुटबल प्रतियोगिता २०८१ समापन भएको छ । प्रतियोगितामा छात्र तर्फ बर्गिस टिकापुर उपाधी उचाल्न सफल भएको छ, बर्गिस टिकापुरले राष्ट्रिय मा वि देउकलियालाई ३/२ गोल अन्तरले पराजित गर्दै उपाधी चुम्न सफल भएको छ । उपाधी संगै नगद ५१ हजार ट्रफी र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको राष्ट्रिय मा वि देउकलियाले नगद ३१ हजार सहित ट्रफी संगै प्रमाणपत्र हात पारेको छ । यसै गरि छात्रा तर्फ कर्णाली मा वि उपाधी उचाल्न सफल भएको छ । कर्णाली मा वि टिकापुरले माउन्ट सैपाल टिकापुरलाई ट्राईबेकरमा ४/३ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम रोयल्सद्वारा काठामाडौं रोयल्स ७३ रनले पराजित

सुदुरपश्चिम रोयल्सद्वारा काठामाडौं रोयल्स ७३ रनले पराजित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई  ७३ रनले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सक्यो । काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन जोडे । भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन थपे । यसबाहेक, काठमाडौंका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच…
पुरा पढ्नुहाेस्
फुटबल प्रतियाेगिताकाे प्रथम पुरस्कार प्रायाेजन कैलाली गुरुकुल र प्रभा इट्टा उधाेगले गर्ने

फुटबल प्रतियाेगिताकाे प्रथम पुरस्कार प्रायाेजन कैलाली गुरुकुल र प्रभा इट्टा उधाेगले गर्ने

राजेन्द्र रावल बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यहीँ मंसिर २१ गते बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे दुबै बिद्या तर्फकाे प्रथम पुरस्कार प्रायाेजककाे टुङ्गो लागेको छ । जसमा छात्र प्रभा इट्टा उधाेग जाेसिपुर सिमरिले गर्दा छात्रा तर्फकाे पुरस्कार प्रायाेजन कैलाली गुरुकुल हाइ स्कुल माेतिपुर लम्किले गर्ने भएको हाे । जसकाे पुरस्कार राशि ५१,००० रहेको छ । छात्रा तर्फकाे प्रथम पुरस्कार प्रायाेजन गर्ने कैलाली गुरुकुल हाइवे क्षेत्रमा हुने खेलकुद गतिविधि हरुमा बिगत लामाे समय देखि सहयोग गर्दै आएकाे छ । कैलाली गुरुकुलले गत बर्ष भएको प्रथम पालिका स्तरिय कैलाली जिल्लाव्यापि मुख्यमन्त्री…
पुरा पढ्नुहाेस्
एनपिएलअन्तर्गत आज पनि दुई खेलः पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच

एनपिएलअन्तर्गत आज पनि दुई खेलः पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच

काठमाडौँ । बुधबार आज पनि नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । खेल बिहान ९ बजे सुरु हुन्छ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौँ गोर्खाजका कप्तानमा करण केसी छन् । कर्णाली र काठमाडौँ दुवैको यो दोस्रो खेल हो, योभन्दा अगाडिको खेलमा दुवै टिमले जीत हासिल गर्न सकेको थिएनन् । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेल भने विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुँदै छ ।…
पुरा पढ्नुहाेस्
जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता; सोमबार सहभागी टिमको समूह बिभाजन

जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता; सोमबार सहभागी टिमको समूह बिभाजन

राजेन्द्र रावल  बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यहीँ मंसिर २१ गते बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ मा सहभागी बिद्यालय हरुकाे समूह बिभाजन भाेलि साेमबार बेलुकी ६ बजे हुने आयाेजकले जानकारी दिएको  छ । आयाेजकले दिएको जानकारी अनुसार प्रतियोगितामा जिल्ला भित्रका करिब १६ छात्रा र  ३२ छात्र टिमको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा सहभागी छात्र टिमलाई ४ समुहमा बिभाजन गरि नक आउट पद्धतिमा खेल हुने र समुहको बिजेताले सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तै उता लिककम नकआउटका आधारमा हुने छात्रातर्फ समेत समूह विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्  । प्रतियोगिताकाे उद्धघाटन एक…
पुरा पढ्नुहाेस्
आज देखि नेपाल प्रिमियर लिग क्रिकेटको शुभारम्भ हुँदै

आज देखि नेपाल प्रिमियर लिग क्रिकेटको शुभारम्भ हुँदै

काठमाण्डौं । काठमाण्डौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित बनेका छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी…
पुरा पढ्नुहाेस्
जिल्ला स्तरीय छात्रा/छात्र फुटबल प्रतियोगिताको उद्धघाटन मुख्यमन्त्री शाहले गर्ने 

जिल्ला स्तरीय छात्रा/छात्र फुटबल प्रतियोगिताको उद्धघाटन मुख्यमन्त्री शाहले गर्ने 

 राजेन्द्र रावल बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा हुन लागेको जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे उद्धघाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने भएका छन । नौलो प्रेस सङ्ग कुरा गर्दै आयोजक संस्थाका प्रमुख प्रमाेद मल्लले बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यही मंसिर २१ गते बाट सुरु हुन गइरहेको  जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे उद्धघाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने बताएका हुन । उक्त खेलमा जिल्ला भित्रका करिब बाह्र(१२)  छात्रा र  ३२ छात्र टिमको सहभागिता रहने छ । प्रतियोगिताको उद्धघाटन यहीँ मंसिर २१ गते बिहान ११:३० बजे…
पुरा पढ्नुहाेस्