जिल्ला स्तरीय छात्रा/छात्र फुटबल प्रतियोगिताको उद्धघाटन मुख्यमन्त्री शाहले गर्ने 

 राजेन्द्र रावल

बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा हुन लागेको जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे उद्धघाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने भएका छन ।

नौलो प्रेस सङ्ग कुरा गर्दै आयोजक संस्थाका प्रमुख प्रमाेद मल्लले बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यही मंसिर २१ गते बाट सुरु हुन गइरहेको  जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे उद्धघाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने बताएका हुन ।

उक्त खेलमा जिल्ला भित्रका करिब बाह्र(१२)  छात्रा र  ३२ छात्र टिमको सहभागिता रहने छ । प्रतियोगिताको उद्धघाटन यहीँ मंसिर २१ गते बिहान ११:३० बजे प्रदेश सरकारका मुख्यमन्त्री शाहले बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ काेटागढि खेल मैदानमा गर्ने कार्यक्रम तय भएको आयाेजक कमिटी सदस्य ललिता भट्टले जानकारी दिइन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार स्वरूप प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टिमले नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप  नगद रु ५ हजार ५ सय प्राप्त गर्नेछन ।

यस्तै प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेल रक्षक, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडी हरुले समेत पुरस्कार स्वरुप  नगद रु. ३ हजार १ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै  प्रतियोगिताको दोस्रो चरणका खेलहरुमा प्लेयर अफ द म्याच हुने खेलाडी लाई नगद रु. ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । उल्लेखित सम्पूर्ण  पुरस्कार हरु छात्र तथा छात्रा दुवै बिधामा प्रदान आयोजक बर्दगोरिया स्पोर्टस एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिनु भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार