बर्दगोरिया–२ मा चैत्र २६ गते देखि राष्ट्रिय परिचयपत्र वितरण गरिँदै
२५ चैत्र, २०८१ बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं। २ मा चैत्र २६ गते मङ्गलवार देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु हुने भएको छ । वडाले सोमबार एक सूचना जारी गर्दै मङ्गलवार चैत्र २६ गते देखि वडाका विभिन्न स्थानबाट उक्त राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिएको हो । वडा अध्यक्ष गोविन्द विकका अनुसार वडाले वडावासीहरूको सहजताका लागि वडाका विभिन्न स्थानबाट उक्त राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छन । जस अनुसार दोघरा गाउँमा मिति २०८१ चैत्र २६ गते देखि ३१ गते सम्म वितरण गरिने छ, भने कुम्भिया गाउँमा मिति २०८२ बैशाख १ गते देखि ८ गते सम्म, यस्तै झगडपुर गाउँ बाट…

















