बर्दगोरियामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु, कर्मचारी र पत्रकार बिजयी
बर्दगोरिया। बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको बर्दगोरिया गाउँपालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०८३ बिहिवारबाट सुरु भएको छ। पत्रकार मञ्चका अध्यक्ष कृष्णप्रसाद ओझाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए। प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष कुँवरले मैत्रीपूर्ण फुटबल प्रतियोगिताले आपसी सद्भाव एकता र मेलमिलापका लागि महत्वपूर्ण माध्यम भएको बताए । साथै उनले यस्तो प्रतियोगिता जिल्ला स्तरीय गर्न पनि सुझाव दिएका छन। खेलकुद, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफूहरुले महत्वपूर्ण काम गरेको बताउँदै आगामी दिनमा हुने यस्ता प्रतियोगितालाई सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन्। उद्घाटन खेलमा बौनिया बजारलाई १-० गोल अन्तरले हराउँदै कर्मचारीको टिम विजय भएको…

















