दानुफाटा शिविरमा डेढ दशक पछि बिजुली
बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको दानुफाटा शिविरमा करिब डेढ दशक पछि बिजुली बत्ति पुगेको छ । शुक्रबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले औपचारिक रुपमा बत्ती उद्घाटन गरे सङ्गै शिविरमा विद्युत संचालनमा आएको हो । कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै प्रमुख अथिती कुवरले यहाँका समस्या त्यहा वसोवास गर्ने नागरिकको मात्र नभई त्यो आफ्नो पनि समस्या भएको बताए । आफ्नो निरन्तरको प्रयास पछि हाल उक्त स्थानमा बिजुली आउन सफल भएको बताउदै अब चाडै नै वस्तीमा बालबिकास शिक्षा पनि संचालन हुने बताए । यस्तै यहाँका अन्य समस्याको पनि आफ्नो कार्यकाल भित्र समाधान गर्ने बताए । बिगत करिब…


















