बर्दगोरिया-५ स्थित श्री राम जानकी मन्दिर चित्रकोट भक्त संत समाजको भवन उद्घाटन

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइलीभुरुवामा रहेको श्री राम जानकी मन्दिर चित्रकोट भक्त संत समाज भवनको उद्घाटन गरिएको छ । 

शक्रबार सुदुरपश्चिम प्रदेश सभा सदस्य मानवीय नन्द बहादुर साउदले एक कार्यक्रमका बिच मन्दिरको उक्त भवनको उद्घाटन गरेका हुन ।

उद्घाटन गर्दै प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय साउदले यस ठाउँमा मन्दिर नहुदा भक्त जनहरुले आफ्नो कार्य गर्न निकै समस्या हुने गरेकोले आफुले उक्त भवन निर्माणका लागि सहयोग गरेको बताए । यति मात्र नभई यहाँ घेरा पर्खाल, सौचालय जस्ता अन्य अत्यावश्यक भौतिक संरचना निर्माणमा समेत आगामी दिनहरुमा सहयोग गर्ने बताए । आफू निरन्तर यस पालिकाको र आफू निर्वाचित क्षेत्रको समग्र बिकासका निम्ति लागि रहेको बताउदै आगामी दिनहरुमा समेत बिकास निर्माणका कार्यलाई निरन्तरता दिने बताए ।    

यस्तै कार्यक्रममा विशिष्ट अथिती बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथ नेकपा (माओवादी केन्द्र) क्षेत्र नम्बर २ “ख” का संयोजन राम कृष्ण डगौरा थारुले यो भवनले यहाँका भक्त जनलाई मात्र नभएर अन्य विभिन्न सामाजिक कार्यक्रम गर्न समेत सहज हुने बताए । यस्त कार्यमा वडाको समेत विशेष ध्यान दिन जरुरी रहेको बताउदै हालै मात्र निर्वाचित भएका जनप्रतिनिधिहरुले यस्ता विकास निर्माणका कुरामा अग्रसरता देखाउने कुरामा आफू बिश्वस्त रहेको बताए । वडाले विभिन्न बिकास निर्माणका सङ्गै यस्ता मठ मन्दिर जस्ता धार्मिक क्षेत्रलाई पनि आवस्यकता अनुसार विकास गर्ने हुँदा वडा अध्यक्ष लगाए जनप्रतिनिधि लाई हौसला दिनु पनि अति जरुरी रहेको बताए । उनले भने आफु पनी एक जनप्रतिनिधि भएको ले सबैलाई एकै साथ समेट नसकिने हुँदा क्रमशः सबैलाई समेट्नु पर्ने बाध्यता रहेको बताए । 

यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले यहाँका भक्त जनहरुको आवश्यकता लाई मध्यनजर गर्दै आफुहरुले नेतृत्व मा नहेको बेलामा सम्बन्धित ठाउँसम्म आवज उठाउदै आएको बताए । त्यसका साथै आगामी दिनमा वडाको तर्फ बाट हुने सम्पुर्ण सहयोग गर्ने बताए । 

यस्तै कार्यक्रममा मन्तव्य नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भेखु चौधरी, (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष तथा नेपाल दतिल मुक्ति मोर्चा प्रदेश कमिटी सदस्य ध्वज बहादुर सुनार, बाधुराम चौधरी लगाएका व्यक्तिहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए।

भक्त संघ समाजका अध्यक्ष चक्र बहदुर डगौरा अध्यक्षता कार्यक्रम सम्प्भक्त मायक राम चौधरी स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रमको संचालन राजेश चौधरी गरेका थिए ।

प्रदेश सरकार अन्तर्गत उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशद्वाराको आर्थिक सहयोगमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो।

यस्तै सोही क्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोले राम चौधरी वडाका अत्यावश्यक समस्या समाधानका लागि प्रदेश सभा सदस्य माननीय नन्द बहादुर सावद लाई माग पत्र समेत दिएका हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार