मुख्य समाचार

आज असोज ३ गते, तपाईंको राशिफल

आज असोज ३ गते, तपाईंको राशिफल

२०७९ असाेज ३ गते, साेमवार, १९ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष नवमी तिथि । राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ? मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा विपद जोखिम व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

बर्दगोरियामा विपद जोखिम व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

३०, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । विपद जोखिम व्यवस्थापन स्थानियकरण सम्बन्धी २ दिने क्षमता अभिबृद्दी तालिम बर्दगोरियामा बिहिवार बाट सुरु भएको छ । विपद बाट हुन सक्ने क्षतिको कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ संघीय प्रशासन मन्त्रालयको सहयोगमा बर्दगोरिया गाउँपालिकाका सरोकारवाला संग छलफल सहित तालिम गरिएको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहहरूलाई जारी भएको नमुना कानुन बमोजिम धेरैजसो स्थानीय तहहरूमा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन…
पुरा पढ्नुहाेस्
तातोपानी र रसुवातर्फका नाका आजदेखि खुला

तातोपानी र रसुवातर्फका नाका आजदेखि खुला

काठमाडौँ । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । (more…)
पुरा पढ्नुहाेस्
काठमाडौँमा असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुमपान निषेध, अटेरी गर्नेलाई कारबाही

काठमाडौँमा असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुमपान निषेध, अटेरी गर्नेलाई कारबाही

३०, भाद्र २०७९ काठमाडौं । असोज १ गतेदेखि काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुमपान निषेध गरिएको छ। बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ। कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ। ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक…
पुरा पढ्नुहाेस्
बर्दगाेरियामा बाल संजालले राष्ट्रिय बाल दिवस मनाउँदै

बर्दगाेरियामा बाल संजालले राष्ट्रिय बाल दिवस मनाउँदै

राजेन्द्र रावल २८, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिकामा मनाईने भएको छ । बर्दगाेरिया गाउपालिका स्तरिय बाल संजालकाे आयाेजनामा भदौ २९ गते बुधबार ५८ औं राष्ट्रिय बाल दिवस बिबिध कार्यक्रमकाे आयाेजना गरेर मनाउने तयारी भएको पालिका स्तरिय बाल संजालका अध्यक्ष बसन्त राज जैशीले जानकारी दिएका छन् । अध्यक्ष जाेशीका अनुसार बर्दगाेरिया गाउपालिका वडा नम्बर ६ बास्काेटि स्थित महुन्याल माध्यमिक बिधालयकाे प्राङ्गणमा राष्ट्रिय बाल दिवसकाे अवसर पारेर प्रतियाेगात्मक नृत्य र गायन प्रतियाेगिताकाे आयाेजना गरिने उनले बताय । बिहान ९ बजेबमट सुरु हुने…
पुरा पढ्नुहाेस्
बर्दगाेरिया ४ मा भुमिहिन सुकुम्बासी र दलितलाई निस्सा वितरण

बर्दगाेरिया ४ मा भुमिहिन सुकुम्बासी र दलितलाई निस्सा वितरण

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । भुमिहिन दलित र सुकुम्बासी लाई स्थायि लालपुर्जा वितरणकाे थालनिकाे रुपमा लिईने निस्सा वितरणको कार्य बर्दगाेरिया गाउपालिकामा जारि रहेको छ । सोही अवसरमा आइतबार वडा नम्बर ४ काे वडा कार्यलयमा भएको एक कार्यक्रमका बिच भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरण गरिएको छ । साे वडामा समेत बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर, प्रमुख प्रशाशकिय अधिकृत अर्जुन कार्की वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीकाे उपस्थितिमा निस्सा बितरण गरिएको हाे । वडा नम्बर ४ मन निस्सा बितरण कार्य सम्पन्न भए संगै बर्दगाेरिया गाउपालिकामा भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरणकाे कार्य सम्पन्न भएको…
पुरा पढ्नुहाेस्
१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान खुल्ला, कहिले सम्म दिन पाईने आवेदन ?

१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान खुल्ला, कहिले सम्म दिन पाईने आवेदन ?

२६ भाद्र २०७९ काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । नेपाल प्रहरीकोे प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४…
पुरा पढ्नुहाेस्
कर्णाली जल परियोजना जलउपयोग गुरुयोजना सम्बन्धी बैठक मोहन्याल १ मा सम्पन्न

कर्णाली जल परियोजना जलउपयोग गुरुयोजना सम्बन्धी बैठक मोहन्याल १ मा सम्पन्न

२१, भाद्र २०७९ कैलाली । कैलालीको मोहन्याल गाउपालिका वार्ड नम्बर १ चयाभाबारमा USAID कर्णाली जल परियोजना जलउपयोग गुरुयोजना तयारिका लागी वडा स्तरीय समन्वय बैठक संपन्न भएको छ । गाउपालिकाको वडा नम्बर १ को आयोजना र USAID को सहयोगमा उक्त समन्वय बैठक भएको हो । कर्णली जल परियोजना जलउपयोग गुरुयोजनाले मोहन्याल गाउपालिका वडा नम्बर १ मा खानेपानी र सिचाइका क्षेत्रमा काम गर्ने छ । कर्णली जल परियोजना जलउपायोग गुरुयोजनाले एक घर एक धारा को रुपमा योजना अघि बढाउने वडा नम्बर १ का अध्यक्ष पिरम बुढाले बताए । USAID कर्णली जल परियोजना जलउपयोग गुरुयोजनाको सहयोगमा मोहन्याल गाउपालिका वडा नम्बर १ का प्रत्येक…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम लगाएत देशभरको मौसम आज पनि आंशिक देखि सामान्य बदली

सुदूरपश्चिम लगाएत देशभरको मौसम आज पनि आंशिक देखि सामान्य बदली

१९, भाद्र २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेश लगाएत देशभरको मौसममा आज पनि आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । राती पनि प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।…
पुरा पढ्नुहाेस्
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन भएको छ। शुक्रबार आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गरेको हो । ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए। चार लाख १० हजार ६८ जनाले परीक्षा फारम भरेका थिए। कूल ४३ जनाको परीक्षा रद्द भएको थियो।
पुरा पढ्नुहाेस्