बर्दगाेरिया ४ मा भुमिहिन सुकुम्बासी र दलितलाई निस्सा वितरण

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । भुमिहिन दलित र सुकुम्बासी लाई स्थायि लालपुर्जा वितरणकाे थालनिकाे रुपमा लिईने निस्सा वितरणको कार्य बर्दगाेरिया गाउपालिकामा जारि रहेको छ ।
सोही अवसरमा आइतबार वडा नम्बर ४ काे वडा कार्यलयमा भएको एक कार्यक्रमका बिच भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरण गरिएको छ ।

साे वडामा समेत बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर, प्रमुख प्रशाशकिय अधिकृत अर्जुन कार्की वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीकाे उपस्थितिमा निस्सा बितरण गरिएको हाे । वडा नम्बर ४ मन निस्सा बितरण कार्य सम्पन्न भए संगै बर्दगाेरिया गाउपालिकामा भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरणकाे कार्य सम्पन्न भएको छ ।

भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरणकाे कार्य सम्पन्न भए संगै अब अन्यलाई समेत निस्सा बितरणकाे कार्यकाे थालनी केही दिनमा गरिने बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताउनुभएको छ । पालिका भित्र रहेका सम्पूर्णलाई निस्सा बितरण गरिसकेपश्चात स्थायि लालपुर्जा बितरणकाे कार्यकाे थालनि काे तयारी गर्ने उहाले बताउनुभयो ।

गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्किका अनुसार गाउपालिका यसै आर्थिक बर्ष भित्र सम्पूर्ण ऐलानी जग्गाको स्थायि लमलपुर्जा बितरण गर्ने गरि तयारी गरिरहेको बताउनुभयो ।

वडा नम्बर ४ मा भएको निस्सा बितरण कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीकाे अध्यक्षतामा भएको कार्यक्रम काे सञ्चालन वडा सचिव गणेश प्रसाद भट्टले गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ४ वडा सदस्य कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

साे अवसरमा आफ्नो संक्षिप्त भनाइ राख्दै वडा अध्यक्ष जगत बहादुर शाहीले गाउपालिका कर्ण बहादुर नेतृत्व टिम बर्दगाेरिया गाउपालिका आएपश्चात कामले तिब्रता पाएकाे बताउदै यसले निरन्तरता पाउनेमा आफू बिश्वस्त रहेको बताउनुभएको छ ।

यो सँगै गाउँपालिकाका ६ वटै वडा मा जग्गाको निस्सा वितरण कार्य सकिएको छ । निस्सा लाई अस्थायी लालपुर्जाका रुपमा समेत लिने गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार