बर्दगाेरियामा बाल संजालले राष्ट्रिय बाल दिवस मनाउँदै

राजेन्द्र रावल
२८, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिकामा मनाईने भएको छ ।

बर्दगाेरिया गाउपालिका स्तरिय बाल संजालकाे आयाेजनामा भदौ २९ गते बुधबार ५८ औं राष्ट्रिय बाल दिवस बिबिध कार्यक्रमकाे आयाेजना गरेर मनाउने तयारी भएको पालिका स्तरिय बाल संजालका अध्यक्ष बसन्त राज जैशीले जानकारी दिएका छन् । अध्यक्ष जाेशीका अनुसार बर्दगाेरिया गाउपालिका वडा नम्बर ६ बास्काेटि स्थित महुन्याल माध्यमिक बिधालयकाे प्राङ्गणमा राष्ट्रिय बाल दिवसकाे अवसर पारेर प्रतियाेगात्मक नृत्य र गायन प्रतियाेगिताकाे आयाेजना गरिने उनले बताय ।

बिहान ९ बजेबमट सुरु हुने कार्यक्रममा पालिका भित्र रहेका बालबालिका संगै बालअधिकार का क्षेत्रमा कार्यगर्ने संघसंस्था र व्यत्तिहरुकाे सहभागिता रहने पालिका स्तरिय बाल संजालले जानकारी दिएको छ ।

नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार