मुख्य समाचार

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा शाह सर्वसम्मत चयन

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा शाह सर्वसम्मत चयन

कैलाली  । नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्।  बुधबार बसेको संसदीय दलको बैठकले कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रत्यक्ष निर्वाचित शाहलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। यसअघि आधा दर्जन आकांक्षी देखिएपछि चुनाव हुने तय भएको थियो। तर, आकांक्षीहरू बिच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका हुन ।
पुरा पढ्नुहाेस्
यस्तो छ आज बिदेशी मुद्राको विनिमय दर

यस्तो छ आज बिदेशी मुद्राको विनिमय दर

२० पौष, काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ६३ पैसा र बिक्री दर १४० रुपैयाँ २६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको दर कति रु कति ?
पुरा पढ्नुहाेस्
गृहमन्त्री लामिछानेले दिए नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन

गृहमन्त्री लामिछानेले दिए नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन

१९ पुष काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)मार्फत अनुसन्धानका लागि निर्देशन दिएका हुन् । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सुरु गरिसकेको छ । सट्टेबाजी घरहरु…
पुरा पढ्नुहाेस्
बर्दगोरिया मा १ महिने एड्भान्स सिलाईकटाई तालिम शुरु

बर्दगोरिया मा १ महिने एड्भान्स सिलाईकटाई तालिम शुरु

१९, पौष, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा पुरानो उद्यमीहरुको स्तर उन्नतिका लागी १ महिने एड्भान्स सिलाईकटाई तालिम शुरु भएको छ । (more…)
पुरा पढ्नुहाेस्
संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न

संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न

लम्की कैलाली । संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका वडा नं.१ मा रहेको सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका बिच  सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर बि.क को अध्यक्षतामा आयोगित बार्षिक साधारण सभाका प्रमुुख अथिति लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहेकी थिइन । कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले सहकारी संस्थाले जनमुखी कार्यक्रम ल्याए त्यसलाई कार्यन्वयन गर्ने गर्ने जिम्मा नगरपालिकाको हुने बताएकी छन । कार्यक्रमको बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी रहेकी थिइन । अथितिमा वडा नं.१ का वडाअध्यक्ष…
पुरा पढ्नुहाेस्
नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गड्तोला

नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गड्तोला

लम्की कैलाली । कैलालीको लम्कीमा रहेको नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । डिल्ली गड्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यकार्यसमिति निर्विरोध  चयन गर्दै संस्थाको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यसमिति उपाध्यक्षमा पुष्पा कुमारी शर्मा,सचिवमा गोरख बहादुर बटाला,कोषाध्यक्षमा देबकी कार्की,सदस्यमा लक्ष्मी प्रसाद न्यौपाने,मोति प्रसाद उपाध्याय,लक्ष्मण प्रसाल रेग्मी,कृष्ण प्रसाद न्यौपाने,श्रीकृष्ण चौधरी,देबिधरा उपाध्याय र सरस्वती खत्री निर्विरोध चयन भएका छन । सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद गड्तोलाको अध्यक्षताका आयोजित साधारण सभाका प्रमुख अथिति लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहेकी थिइन । बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी…
पुरा पढ्नुहाेस्
श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. को ७ औं वार्षिक साधारणसभा सम्पन्न

श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. को ७ औं वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैलालीको ७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित बौनिया बजारमा सहकारीको ७ औं साधारणसभा सम्पन्न भएको हो । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको धनगढी कैलालीकि अध्यक्ष मोतिकला रिजालको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष कुँवरले शिक्षक भनेको समाजको मुल मन्त्र भएको बताएका हुन । शिक्षकले समाजको विगत बर्तमात र भविष्यको हितमा काम गर्ने भएकोले हुँदा शिक्षक समाजको मुल मन्त्र भएको बताए ।…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम लगाएत अन्य तिन प्रदेशको पहाडी भू–भागमा  हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम लगाएत अन्य तिन प्रदेशको पहाडी भू–भागमा  हल्का वर्षाको सम्भावना

कैलाली । सुदूरपश्चिम लगाएत अन्य तिन प्रदेशका पहाडी भू–भागमा आज  हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  सुदूरपश्चिम प्रदेश, गण्डकी, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। तराईका केही  भू–भागमा  हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन पनि  महाशाखाले अनुरोध गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीरही तराईका केही भू–भागहरुमा हुस्सु/कुहिरो लागेको…
पुरा पढ्नुहाेस्
बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

१४ पुस, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् । पहिलो चरणमा…
पुरा पढ्नुहाेस्
२०८० सालका चाडपर्व : दशैं कहिले ?

२०८० सालका चाडपर्व : दशैं कहिले ?

काठमाडौं -  अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो । समितिको मंगलबार बसेको बैठकले पात्रो तयार गरी पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई पात्रो उपलब्ध गराएको थियो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै भने ,‘पात्रो तयारीको क्रममा छ । निर्णय भएपछि सबै विषयमा जानकारी दिनेछौं ।’ समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी गरेको छ ।कार्यकारी निर्देशक ढुंगेलले केही दिनभित्र पात्रो बजारमा आउने जानकारी…
पुरा पढ्नुहाेस्