मुख्य समाचार

तराईमा हुस्सुः हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना

तराईमा हुस्सुः हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू(भागमा भने हुस्सु लागेको छ। आज दिउँसो प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति लुम्बिनी प्रदेशका साथै प्रदेश नं। १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भू(भागका…
पुरा पढ्नुहाेस्
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

१९ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एक नेताका अनुसार गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट, राष्ट्रपतिको आगामी निर्वाचन, पार्टीका विभागहरुमा नेताहरुको जिम्मेवारी तोक्ने लगायतका विषयमा बैठकमा छलफल हुनेछ । यसअघि बुधबार बस्ने तय भएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया मा १ दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर सम्पन्न

बर्दगोरिया मा १ दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर सम्पन्न

१७, माघ २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर कार्यक्रम सम्पन्न भएको हो । उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविरमा भेडा बाख्रामा पि.पि.आर. र गाई भैसीमा भ्यागुते, चरचरे रोगको खोप लगाउनुका साथै नि:शुल्क औषधि वितरण, नि: शुल्क पशु बन्धाकरण, पशुको गर्भ परिक्षण तथा बझोपनको विज्ञ पशु चिकित्सक डा. समिका अधिकारी ले उपचार गर्नुका साथै उचित परामर्श दिनुभएको थियो । शिविरबाट १ सय २८ घरधुरीका ७१३…
पुरा पढ्नुहाेस्
कैलालीमा बन्चरो प्रहार: छोरा द्वारा आमाको हत्या

कैलालीमा बन्चरो प्रहार: छोरा द्वारा आमाको हत्या

१७, माघ, लम्की । कैलालीमा बन्चरो प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । जिल्लाको लम्किचुहा नगरपालिका ,६ स्थित बागमारा मुक्त कमैया शिबिरमा सोमबार राती करिब १२ बजे ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवि थरुनीको हत्या गरेका हुन । बन्चरो प्रहार बाट गम्भीर घाइते भएकी थरुनी लाई लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि धनगढी स्थित नवजीवन अस्पतालमा थप उपचारका लागि रेफर गरिएको थियो ।  उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्चरो प्रहार गरी हत्या गर्ने उनका छोरा श्रीराम थरुलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। आज दिउँसो कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको साथै  उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको…
पुरा पढ्नुहाेस्
नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच

नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच

नेपालगंज । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगंज महानगरपालिकाका ४ वटा सामुदायिक बिद्यालयमा सम्पन्न गरिएको हो । फुलटेक्रा माध्यामिक बिद्यालयका ४०० जना, महेन्द्र माध्यामिक बिद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक बिद्यालयका २१४ जना र धम्बोझि माध्यामिक बिद्यालयका १ हजार ८५० जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए । आँखा जाँच गरिएका बिद्यार्थिहरु मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना बिद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण…
पुरा पढ्नुहाेस्
आज माघ १६ गते, शहीद दिवस

आज माघ १६ गते, शहीद दिवस

रासस; २०७९ माघ १६ काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै…
पुरा पढ्नुहाेस्
होम स्टेको प्रचार-प्रसार गर्न महोत्सव संचालन

होम स्टेको प्रचार-प्रसार गर्न महोत्सव संचालन

घनश्याम पौडेल, १५ माघ, मसुरिया । कैलाली गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मामा माघी मिलन तथा माघ महोत्सवको आयोजना गरिएको छ । भाषा, संस्कृति,परम्पराको संरक्षण सम्वर्द्धन तथा कमैया थारु होम स्टे गाउँको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको हो । माघ १६ गते सम्म संचालन हुने महोत्सवको राष्ट्रिय सभा सदस्य हरिराम चौधरी (उत्सव)ले शनिबार उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले थारु समुदाय भेषभुषा संस्कृति र परम्पराको धनी रहेको भन्दै भाषा कला संस्कृतिको संरक्षण तथा स्वस्थ परिकार अवसरको रुपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए थिए । गौरीगंगा नगरपालिका तथा वडा नं…
पुरा पढ्नुहाेस्
माघी मिलन खोज्नी/बोज्नी सास्कृतिक कार्यक्रम बर्दगोरियाको वडा नम्बर ६ पृथ्वीपुरमा सम्पन्न

माघी मिलन खोज्नी/बोज्नी सास्कृतिक कार्यक्रम बर्दगोरियाको वडा नम्बर ६ पृथ्वीपुरमा सम्पन्न

बर्दगोरिया । माघी मिलन खोज्नी/बोज्नी सास्कृतिक कार्यक्रम बर्दगोरिया गाउपालिका वडा नम्बर ६ पृथ्वीपुरमा सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा थारु माहालोक गायक मनिराम थारु,चर्चित थारु गायिका संगीता चौधरी,टिकटक स्टार दिपिका जि एच,चर्चित मोडेल भावना चौधरी,फुलकुमारी २ लगाएत १ दर्जन बढी कलाकारसंगै बालक्लब, स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा गाउपालिका अध्यक्ष कुँवरले वडामा चयन भएका भलमन्सा,बडघर,चिरागी लगाएत चौकिदारहरुलाई खादा लगाएर सम्मान गरेका थिए । प्रमुख…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १ जना पुरुष मृत अबस्थामा भेटिए

बर्दगोरियामा १ जना पुरुष मृत अबस्थामा भेटिए

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ जना पुरुष मृत अबस्थामा भेटिएका छ्न । बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ र लम्कीचुहा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने बौनिया नालामा ती पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मृतक पुरुष बर्दगोरिया गाउँपालिका वडा नम्बर २ निवासी ४१ वर्षिय सुकै चौधरी रहेको आफन्तले बताएका छ्न । बिहिवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार चौधरी माघ ३ गतेदेखि हराइरहेका थिए । चौधरी हराएपछी आफन्तले खोजी कार्यका लागि प्रहरीलाई निवेदन दिएका थिए । प्रहरीले घटनास्थलमा पुगि शवको पहिचान भएको र आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।
पुरा पढ्नुहाेस्