प्रेस सेन्टर नेपालको वार्षिक साधारण सभा; २० जना संस्थापकलाई सम्मान

काठमाडौं । प्रेस सेन्टर नेपालले १९ औँ वार्षिक साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा २० जना संस्थापकलाई सम्मान गरेको छ । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना संस्थापकलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, सदस्य गोविन्द आचार्य, ओम शर्मा, खिलबहादुर भण्डारी, चन्द्रमान श्रेष्ठ, सचिन रोका, मनऋषी धिताल, कल्पना बिसुराल, दिपेन्द्र रोकाय, संगिता खड्का, बिष्णु सापकोटा, चेतन कुँवर, मौसम रोका, दिपक सापकोटा, निमबहादुर बुढाथोकी, रामलाल विक, दिपक मैनाली, हिरामणी दुखी, अर्जुन पाठक र अरुणा रायमाझी रहनुभएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार