मुख्य समाचार

मौसम पूर्वानुमान; आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थितको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मंगलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी…
पुरा पढ्नुहाेस्
सुर्खेत आउदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

सुर्खेत आउदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

सुर्खेत । पोखराबाट सुर्खेत आउदै गरेको बस दाङमा दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छ्न । ग. १ ख ८४८५ नम्बरको बस बिहान ५ बजेतिर दुर्घटना भएको हो । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको साइडमा सडकदेखि तल बस खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक निन्द्राले झुलेका कारण दुर्घटना भएको आशंका गरिएको छ ।
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता हुने भएको छ । नेपाल आयल निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता गर्ने भएको हो । आइतबार प्रधानमन्त्री दाहालकाको निर्देशनबमोजिम निगममले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको हो । निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी असोज १४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्यवृद्धि…
पुरा पढ्नुहाेस्
रानीजरुवा सामुदायिक व.उ.समुहकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न

रानीजरुवा सामुदायिक व.उ.समुहकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मनऋषि आचार्य रहेका थिए । कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले "हरियो वन नेपालको धन" भन्ने कुरालाई सबैले आत्मसात गर्नु पर्ने बताए । तर पछिल्लो समय वन क्षेत्रमा चोरी तस्करी का घटना बढ्दो क्रममा रहेका छन । ति चोरी तस्करीका घटना लाई न्यूनीकरण गर्न समुदाय वनको ठुलो भुमिका रहने बताए । सोही…
पुरा पढ्नुहाेस्
भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु

भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु

बैतडी । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको रहेकी हुन । उनीको शनिबार दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन्। भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; यसवर्ष मनसुन ढिलो बाहिरिने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष नेपालमा मनसुन केही दिन ढिलो गरि बाहिरिने सम्भावना रहेको भएको छ । महाशाखाले शुक्रबार राति विशेष बुलेटिन जारी गर्दै मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मिति भन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना देखिएको बताएको छ । हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएकोले आगामी ३ र ४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको…
पुरा पढ्नुहाेस्
चाडपर्व लक्षित; सुदूरपश्चिममा सुरक्षा व्यवस्थालाई कडा पारिने

चाडपर्व लक्षित; सुदूरपश्चिममा सुरक्षा व्यवस्थालाई कडा पारिने

कैलाली । चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशभित्र सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। नेपाली हरुको महान चाड वडा दशैं, तिहार तथा छठ पर्व लाई लक्ष्यित गर्दै प्रदेशमा सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। चाडपर्वको अवसरमा कुनै पनि प्रकारका सम्भावित आपराधिक घटनाहरु नघटुन भन्दै सुरक्षा व्यवस्था कडा पारिने भएको हो। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको छ। प्रहरीको सङ्ख्या बढाएर सीमा नाका र ग्रामीण बस्तीहरूमा प्रहरी परिचालन गरिने भएको छ। सीमा क्षेत्रबाट हुने तस्करी र ग्रामीण बस्तीमा हुने झगडा तथा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको समेत सहयोग लिइने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी…
पुरा पढ्नुहाेस्
सुन तोलामा १४ सय र चाँदी १५ रुपैयाँ घट्यो

सुन तोलामा १४ सय र चाँदी १५ रुपैयाँ घट्यो

काठमाण्डाै । नेपाली बजारमा पहेलो धातु सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मुल्य तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहाेस्
आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि रहनेछन् । बुधबार ल्हासामा प्रधानमन्त्री दाहालले विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । रासस  
पुरा पढ्नुहाेस्