राष्ट्रिय कलेज सुखडमा प्यान सहित अखिल क्रान्तिकारीका सुन्दर गौतम विजयी
बर्दगोरिया । चैत्र ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनम कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज सुखडको सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतम अत्याधिक मत प्राप्त गर्दै विजयी भएका छ्न। अखिल क्रान्तिकारीका गौतमले १९१ मत प्राप्त गर्दा अखिल समाजवादीका माइकल चौधरी ९९ र ने.वि.संघका योगेन्द्र न्यौपाने ९४ प्राप्त गरेका थिए । यसतै कोषाध्यक्षमा पनि अखिल क्रान्तिकारीका विजयी भएको छ । जसमा अखिल क्रान्तिकारी बाट मुना चौधरी १७६, अखिल समाजवादी भिष्मा कुमारी चौधरी ८१ र ने.वि.संघका सिमा चौधरीले ११८ मत प्राप्त गरिकी थिइन। यस्तै सचीवमा पनि अखिल क्रान्तिकारीका विजयी भएको छ । जसमा अखिल क्रान्तिकारी बाट सुस्मिता चौधरी १७६, अखिल समाजवादी…
















