Draft post unpublished

कैलालीमा एक युवको शव फेला

कैलालीमा एक युवको शव फेला

कैलाली । कैलालीकोअत्तरियास्थित एक पसलको शौचालयमा २२ वर्षीया एक युवकको शव फेला परेको छ। शनिबार साझ जिल्लाको गोदावरी नगरपालिका १ वलपिपलमा रहेको चौलागाईं वस्त्रालयमा काम गर्ने अन्दाजी २२ वर्षीय जयन्तबहादुर कार्कीको शव फेला परेको हो। मृतक जयन्तबहादुर कार्कीका काका पदमका अनुसार वस्त्रालयका सञ्चालक शुवास चौलागाईंले उनका भतिजाको शव ट्वाइलेटको होल्डरमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा फेला परेको बताएका थिए। बैतडीको डिलाशैनी ७ घर भएका कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत थिए। कार्कीको शव शंकास्पद रुपमा फेला परेपछि आफन्तले उनको हत्या भएको शंका गरेका छन्। होल्डरमा मसिनो तारले पासो लगाउन असम्भव भएकाले मृतकका काका पदमले उनको हत्या भएको आशंका गरेका छन्। उक्त घटनाबारे…
पुरा पढ्नुहाेस्
टीकापुरमा भाद्र ७ गते नागरिक उन्मुक्तिले टीकापुर विद्रोह दिवस मनाउने

टीकापुरमा भाद्र ७ गते नागरिक उन्मुक्तिले टीकापुर विद्रोह दिवस मनाउने

५,भाद्र २०७९ कैलाली । कैलालीको टीकापुर नगरपालिकामा भाद्र ७ गते नागरिक उन्मुक्तिले टीकापुर विद्रोह दिवस मनाउने भएको छ। २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई लिएर टीकापुर लगाएतका स्थानमा भाद्र ७ गते नागरिक उन्मुक्तिले टीकापुर विद्रोह दिवस मनाउने भएको हो। टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइएको छ। नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थाकसको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने सबै संघ संस्थाले निर्णय गरेको र सहमति भएको बताइएको छ ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम लगाएत देशभरको मौसममा आंशिक देखि सामान्य बदली

सुदूरपश्चिम लगाएत देशभरको मौसममा आंशिक देखि सामान्य बदली

५ भाद्र २०७९ काठमाडौं । आज सुदूरपश्चिम प्रदेश लगाएत देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।                                           …
पुरा पढ्नुहाेस्
देशभर थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

देशभर थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

४,भाद्र २०७९ काठमाडौं । देशभर कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.२ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिका थप ५७७ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ । यस्तै थप १८ हजार ६७० जनाले…
पुरा पढ्नुहाेस्
श्री कृष्ण जन्माअष्टमीको अवसरमा बर्दगोरियामा भाग्यशाली चिट्ठा प्रतियोगिता, को को बने बिजेता?

श्री कृष्ण जन्माअष्टमीको अवसरमा बर्दगोरियामा भाग्यशाली चिट्ठा प्रतियोगिता, को को बने बिजेता?

४, भाद्र २०७९ बर्दगोरिया कैलाली। कैलालीको बर्दगोरीया गाउँपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा भाग्यशाली चिट्ठा प्रतियोगिता सम्पन्न भएको छ । युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नाराका साथ सडकपुर बौनिया युवा क्लबको आयोजनामा भाग्यशाली चिठ्ठा प्रतियोगिता भएको हो । जसमा सम्राट गौतमले भित्ते घडी ,सुनिल जोशीले साइकल ,योगेश भण्डारीले भित्ते घडी ,भीम बीसीले मोबाइल ,पुर्णमान सुनारले स्मार्ट वाच, नेत्र प्रसाद जोशीले राइस कुकर ,स्वयता चौधरीले भित्ते घडी, जेनिस सुनारले स्मार्ट वाच र श्याम भट्टले भित्ते घडी जित्न सफल भएका छ्न । प्रतियोगितामा विभिन्न ३ सय जनाले चिठ्ठा काटेका थिए ।
पुरा पढ्नुहाेस्