टीकापुरमा भाद्र ७ गते नागरिक उन्मुक्तिले टीकापुर विद्रोह दिवस मनाउने

५,भाद्र २०७९ कैलाली । कैलालीको टीकापुर नगरपालिकामा भाद्र ७ गते नागरिक उन्मुक्तिले टीकापुर विद्रोह दिवस मनाउने भएको छ।

२०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई लिएर टीकापुर लगाएतका स्थानमा

भाद्र ७ गते नागरिक उन्मुक्तिले टीकापुर विद्रोह दिवस मनाउने भएको हो।

टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइएको छ।

नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थाकसको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने सबै संघ संस्थाले निर्णय गरेको र सहमति भएको बताइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार