ब्रेकिङ न्युज

Featured posts

नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन्। बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने नेताहरू बताउँछन्। यस्तै आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट झन्डै ११ रोपनी जग्गा दानका रूपमा लिएको छ। यसको पार्टीभित्रबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बोलाइएको जनाएको छ।
पुरा पढ्नुहाेस्
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज मेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६६ पैसा कायम गरिएको…
पुरा पढ्नुहाेस्
यस्तो छ आगामी तीनदिनको मौसम पूर्व अनुमान

यस्तो छ आगामी तीनदिनको मौसम पूर्व अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वअनुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू( भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू (भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू( भागमा आंशिक बदली देखि मौसम…
पुरा पढ्नुहाेस्
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता अपनाइँदै

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता अपनाइँदै

एजेन्सी – जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (वर्डफ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापी रूपमा चेतावनी जारी गरिएको छ। जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरक फरक स्थानमा  भाइरस फेला परेपछि यो निर्णय गरिएको हो। मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजमा र अक्टोबर ८ मा बेत सुकाई नगरमा जङ्गली हाँसको समूहमा भाइरस फेला परेको थियो। अधिकारीहरूले देशभरका जङ्गली चराहरूको कडा निगरानी गर्न आह्वान गरिरहेका छन्। बर्डफ्लुले सामान्यतया सङ्क्रमित पङ्क्षीसँग अत्यधिक सम्पर्कमा नआएसम्म मानिसमा खतरा उत्पन्न नगर्ने भए तापनि मृत चरा नछुन र चराको शङ्कास्पद मृत्युबारे कुनै पनि जानकारी स्थानीय अधिकारीलाई…
पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका नेताहरूको जिम्मेवारी तोकियो

काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्य विभाजन तोकिएको छ ।  प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मङ्गलवार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन् । प्रदेश इन्चार्ज पोखरेलका अनुसार प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय गठन गरेको मातहतका समितिमा परिपत्र पठाइएको छ।  जसमा प्रदेश इन्चार्ज पोखरेल, सह इन्चार्ज बिना मगर र स्थायी समिति सदस्य खगराज भट्ट रहेका छन् । यसै गरी सङ्घीय र प्रादेशिक निर्वाचन क्षेत्रमा नेताहरूको जिम्मेवारी तोकिएको छ । सङ्घीय निर्वाचन क्षेत्र अन्तर्गत कैलाली १ मा तिलकबहादुर परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लच्छीराम आचार्य र…
पुरा पढ्नुहाेस्
देशभर १९ हजार जनामा डेंगु संक्रमण

देशभर १९ हजार जनामा डेंगु संक्रमण

काठमाडौँ । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१,…
पुरा पढ्नुहाेस्
यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका…
पुरा पढ्नुहाेस्
लोकसेवा आयोगले माग्यो सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

लोकसेवा आयोगले माग्यो सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका (सहसचिव, उपसचिवदेखि अधिकृतसम्मका) लागि दरखास्त आह्वान गरेको छ । आयोगले एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार  सेवाका अधिकृत  पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको छ । त्यसै गरी आयोगले अन्य विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा समेत खुला भएको जानकारी दिएको हो । हेर्नुहोस सूचना...
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः पश्चिमी र स्थानीय वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

मौसम पूर्वानुमानः पश्चिमी र स्थानीय वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार बुधबार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि बिहीबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी…
पुरा पढ्नुहाेस्
डडेल्धुराकी १४ वर्षीया किशोरीको घाँटी थिचेर हत्या गरिएको पुष्टि

डडेल्धुराकी १४ वर्षीया किशोरीको घाँटी थिचेर हत्या गरिएको पुष्टि

डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्ट अनुसार किशोरीको घाँटी थिचेर मृत्यु भएको देखाएको हो। बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको र रिपोर्टले पनि त्यही देखाएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको बताए। डिएसपी श्रेष्ठका अनुसार मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। यही असोज २५ गते आरती अमरगढी नगरपालिका–७ पोखरामा मृत फेला…
पुरा पढ्नुहाेस्