आजदेखि सोह्र अर्थात पितृ पक्ष सुरु
काठमाडौँ । आजदेखि सोह्र श्राद्ध सुरुवात भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्रुपमा आरम्भ गरिँदैछ । श्राद्ध अर्थात् पितृ पक्ष बुधबारदेखि अपराह्न कालमा दिवंगत पितृका नाममा तर्पण, सिदा दान र पिण्डदान गरी सुरू हुँदैछ। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृ प्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट…

















