कञ्चनपुरका प्रेम रोकायालाई तिहारमा फूल बेच्न भ्याइनभ्याई
कञ्चनपुर । बारीमा फूल फुलेर पहेँलपुर छन्। कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन्। फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ। तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ। ‘तिहारका लागि फूलको माग असाध्यै छ। मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ’, उनले भने, ‘कोही बारीमै पुगेर फूल किनिरहेका छन्। कतिपयले फोनबाट फूलको माग गरेका छन् ।’ पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन्। फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गरेका छन् उनी। तिहारमा हालसम्म १५ हजारका फूल बिक्री…
















