नाैलाेप्रेस डेस्क

972 Posts
बर्दगोरिया-४ मा दशैको अवसरमा बृहत देउडा खेल सम्पन्न

बर्दगोरिया-४ मा दशैको अवसरमा बृहत देउडा खेल सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा दशैको अवसरमा बृहत देउडा खेल खेलिएको छ । विहिवार श्री नवदुर्गा कालिका मन्दिर सुन्दरपुरको आयोजना मा उक्त देउडा खेल सम्पन्न भएको नव दुर्गा कालिका मन्दिरका अध्यक्ष जंग बहादुर विश्वकर्माले बताए । उनले भने - 'हामीले हरेक वर्ष असोज शुक्ल पक्षको त्रयोदशी दिन आफ्नो परम्परागत रीतिरिवाज अन्तर्गत नव दुर्गामातालाई राँगाको बलि चढाउने गर्ने गर्छौ । उक्त परम्परागत अनुसार आज पनि हामीले नव दुर्गामातालाई राँगाको बलि चढाएका हौं । सोही कार्यक्रमको अवसर पारी आज दिनभर वृहत् देउडा खेलको समएत आयोजना गरेका हौं । हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेको परम्परागत रीतिरिवाज लाई जगेर्ना गर्नुका…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालको पश्चिमी भूभागमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहीबार देशको पहाडी भूभागको मौसम आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
आज पनि नवदुर्गाको प्रसाद टीका र आशीर्वाद लिने क्रम जारी

आज पनि नवदुर्गाको प्रसाद टीका र आशीर्वाद लिने क्रम जारी

काठमाडौँ । आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम आज पनि जारी रहेको छ । यो कार्य कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ । केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि…
पुरा पढ्नुहाेस्
आज विजया दशमी; टीकाको उत्तम साइत बिहान ११ : ०२ बजे

आज विजया दशमी; टीकाको उत्तम साइत बिहान ११ : ०२ बजे

काठमाडौँ । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको…
पुरा पढ्नुहाेस्
आज बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

आज बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ । आज आश्विन शुक्ल अष्टमी । बडादसैँको आठौँ दिन । देश तथा विदेशमा रहेका नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा…
पुरा पढ्नुहाेस्
बौनिया जेसीज र जुनकीरी नेपालको संयुक्त आयोजनामा बजार सरसफाइ (फोटो फिचर)

बौनिया जेसीज र जुनकीरी नेपालको संयुक्त आयोजनामा बजार सरसफाइ (फोटो फिचर)

बर्दगोरिया । बिजया दशमीको अवसरमा बौनिया जेसीज र जुनकीरी नेपालले आफ्नो संयुक्त आयोजनामा बजार बौनिया बजार सरसफाइ गरेको छ । शनिबार बिजया दशमीको अवसर पारी बौनिया बजार सरसफाइ गरेको बौनिया जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी चक्र बहादुर शाहीले जानकारी दिए। शाहीले भने- ' हामीले विशेष गरि चाडपर्वलाई लक्ष्यित गर्दै आज बजार फोहोर सरसफाइ गरेका हौँ । यस कार्यमा स्थानीय सरकार, बजार व्यवस्थापन समिती, बजारका व्यापारी, रेडक्रस नेपाल, स्थानीय विद्यालयका स्काउट विद्यार्थीहरु, ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया र अस्थायी ट्राफिक पोष्ट बौनियाको आफुहरुले निकै सहयोग पाएको छौँ । हामीले एक पहल कदम मात्र चालेका हौ । बजार सरसफाइ विशेषगरी यहाँका…
पुरा पढ्नुहाेस्
चाडपर्व लाई लक्ष्यित गर्दै बर्दगोरिया-६ ले सरसफाइ

चाडपर्व लाई लक्ष्यित गर्दै बर्दगोरिया-६ ले सरसफाइ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले बडा दशैको अवसर पारी वडा कार्यालय वरिपरि सरसफाइ गरिएको छ । 'स्वच्छ गाउँ, सबै मिलि फोहोर हटाउ' भन्ने उदेश्यका साथ शुक्रबार जनप्रतिनिधि र वडामा कार्यरत कर्मचारीहरुको संयुक्त टोलीले वडा कार्यालय तथा कार्यालय परिसर क्षेत्र वरपर सडक छेउछाउमा झाडी सरसफाइ गरेको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए । शनिबारदेखि लामो दिनसम्म कार्यालय बन्द हुने भएको हुँदा बातारणिय सरसफाइ राख्नको उक्त सरसफाइ कार्यक्रमको आयोजना गरेको अध्यक्ष डगौराले बताए । यसका साथै अध्यक्ष डगौराले भने - सके सम्म हामीले जथाभावी फोहोर गर्नु हुन, यदि फोहोर गरिहालेमा आफ्नो फोहोर आफै सफा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा व्यवसायीक कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

बर्दगोरिया ६ मा व्यवसायीक कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले व्यवसायिक कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार वडाले वडा मा दर्ता भइ व्यवसायीक रुपमा कृषि पेशामा आवद्ध कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो । जसमा १ क्रेट, २ पाकेट पोषण र १ पाकेट जिङ्क हस्तान्तरण गरेको हो । विशेष गरी तरकारी वालिमा कुनै पनि प्रकारको रोगले आक्रमण नगरुन र तरकारी बालीको उत्पादन राम्रो होस भन्ने उद्देश्यका साथ उक्त औषधि वितरण गरेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए ।
पुरा पढ्नुहाेस्
दानविर सामुदायिक वन उ. समुहको ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक

दानविर सामुदायिक वन उ. समुहको ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा रहेको श्री दानविर सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ । बिहिवार गाउँपालिका उपाध्यक्ष कमल साउदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनले आफ्नो ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो। कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को २ करोड ६६ लाख २२ हजार ३ सय ६६ आय, २ लाख ५४ हजार ८ सय ५५ व्यय । यस्तै आर्थिक वर्ष २०७८/०७९ को २६ लाख ८४ हजार ५ सय ६७ को आय, १० लाख ९४ हजार ५ सय ६० व्याय, र आर्थिक वर्ष २०७९/०८० को १२ लाख ६४,०००…
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत दोदोधरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत दोदोधरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बर्दगोरिया । बैशाख १५ गते उद्घाटन भएको १५ सैया दोदोधरा अस्पतालमालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब १ करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नव निर्मित १५ शैया दोदोधरा अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत सहयोग गरेको गरिएको हो । दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढ्न थालेको कुरालाई मध्य नजर गर्दै थप सेवा प्रभावकारी बनाउने उद्देश्य अनुरुप आवश्यक ल्याब सामाग्री माग गरिएको थियो । पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दोदोधरा अस्पताललाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री संग अस्पताललाई आवश्यक पर्ने उपकरण ,औजार र औषधि माग गरे बमोजिम मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत बिहिबार करिब १ करोड…
पुरा पढ्नुहाेस्