नाैलाेप्रेस डेस्क

833 Posts
बझाङमा ग्याँस पड्केर आगलागी, पाँचवटा पसल जलेर नष्ट

बझाङमा ग्याँस पड्केर आगलागी, पाँचवटा पसल जलेर नष्ट

बझाङ । बझाङमा ग्याँस पड्केर आगलागी भएको छ । जिल्लाको तल्कोट गाउँपालिका–५ खौला बजारमा दुई घरमा रहेका पाँच पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर आगलागी हुँदा पाँच पसमा क्षति पुगेको हो। तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब २ः३० बाट सुरु भएको आगलागी ३ः४५ मा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट दुईवटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलभित्र रहेका सामान जलेर नष्ट भएको छ। आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसलभित्र रहेका सामान जलेको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताए। क्षतिको…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन्। जोशीलाई मङ्गलबार प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो। २०५८ देखि कैलालीमा अधिवक्ताको रुपमा कार्यरत जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका स्थानीय हुन्। जोशीलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।
पुरा पढ्नुहाेस्
मकैको जुँगा कुनकुन रोगका विरामीका लागि फाईदा जनक ?

मकैको जुँगा कुनकुन रोगका विरामीका लागि फाईदा जनक ?

हामी प्रायले हरियो मकै पोलेर वा उसिनेर खाएका छौँ। यो पोषिलो पनि हुन्छ। यससँगै भएको मकैको जुँगा पनि स्वास्थ्यवद्र्धक हुन्छ भन्ने कुराचाहिँ हामी कमैलाई थाहा छ। त्यसैले मकैको जुँगा हामीले त्यसै फ्याँकिरहेका हुन्छौँ। तर मकैको जुँगा मधुमेह, उच्च रक्तचापसहित विभिन्न स्वास्थ्य समस्यामा लाभदायक हुन्छ । परम्परागत स्वास्थ्योपचारमा यसको उपयोग हुँदै आए पनि यसलाई सबैभन्दा पहिले औषधिका रुपमा दर्ज गर्ने व्यक्ति भने एक चाइनिज फिजिसियन लान माओ (Lan Mao) हुन्। मकैको बोटको सबैभन्दा टुप्पामा फूल हुन्छ। त्यसलाई धानचमरा पनि भनिन्छ। यही धानचमराबाट खसेको पराग मकैको जुँगामा परेपछि यसैमार्फत पराग घोगाभित्र पुग्ने हुन्छ। त्यसपछि मात्र घोगामा मकैका दाना लाग्न मद्दत पुग्छ ।…
पुरा पढ्नुहाेस्
शुक्लाफाँटामा दरबन्दी अनुसार छैनन् हात्ती, रुपकलीको उमेर ६० वर्ष नाघ्यो

शुक्लाफाँटामा दरबन्दी अनुसार छैनन् हात्ती, रुपकलीको उमेर ६० वर्ष नाघ्यो

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। ‘दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ,’ उनले भने, ‘बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसवेला हात्तीकै प्रयोग हुन्छ।’ उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ। अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन। भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमित गस्तीमा समस्या उत्पन्न हुने गरेको छ। हाल यहाँ दुई छावासहित चार भाले र चार…
पुरा पढ्नुहाेस्
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

९ असोज, दाङ । काठमाडौं बाट सुर्खेतका लागि हिडेको बस दाङमा दुर्घटनामा परी परेको छ । बस दुर्घटना बाट बसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।…
पुरा पढ्नुहाेस्
दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, कहिलेदेखि हुन्छ वितरण ?

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, कहिलेदेखि हुन्छ वितरण ?

काठमाडौं । नेपाली हरुको महान चाड दशैं-तिहार लाई लक्ष्यित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । उक्त नयाँ नोट घटस्थापना आसपासदेखि वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका…
पुरा पढ्नुहाेस्

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै देशमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा आगलागी, २ लाख बढीको क्षति

बर्दगोरिया-४ मा आगलागी, २ लाख बढीको क्षति

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा खाना पकाउने क्रममा एक घरमा आगलागी भएको छ । पालिकाको वडा नम्बर ४ छतिवना टोल निवासी स्थानीय रामबहादुर भुलको घरमा सोमबार आज आझा साझ करिब ७ बजेको समयमा खाना पकाउने क्रममा एक्कासि आगलागी भएको हो । आगलागी बाट करिब २ लाख १० हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । प्रहरीका अनुसार उक्त आगलागी बाट भुलको खरले छायको ४ कोठे १ तले घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी बाट घरमा रहेका लुगाकपडा, खाद्यान्न पुर्ण रुपमा नष्ट भएको बताइएको छ । यस्तै घर पुर्ण रुपमा जलेर नष्ट भएको भएपनि मानवीय…
पुरा पढ्नुहाेस्
आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभएपनि हुने

आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभएपनि हुने

काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले अब आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभएपनि हुने फैसाला गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनबाट दायर भएको रिटमा गत साउन २३ गते सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र नहकूल सुवेदीको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो । उक्त परमादेशको पूर्णपाठ भखर्रै सार्वजनिक गरिएको छ । आमाको नागरिकता भएको अवस्थामा उनका सन्तानले पनि वंशजकै नागरिक हुने र आमाको स्थायी ठेगाना नै सन्तानका लागि स्थायी ठेगाना हुने परामादेश जारी गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छः अतः निवेदक कृष्टिना महर्जनको आमा बिन्दिया महर्जनले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त…
पुरा पढ्नुहाेस्
सुत्केरी हुन गएकी एक महिलाको धनगढीमा रहेको केजी हस्पिटलले झिक्यो पाठेघर

सुत्केरी हुन गएकी एक महिलाको धनगढीमा रहेको केजी हस्पिटलले झिक्यो पाठेघर

धनगढीः  कैलालीको धनगढी स्थित केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो। महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले बताए। पाठेघर झिक्नुपर्ने भनेपछि आमाको ज्यान बचाउन सहमति दिएको मोतिरहमानले बताए। बच्चा जन्मेको पाँच घण्टासम्म श्रीमतीको अबस्था नबताएकाले सुरुमा डाक्टरसँग विवाद भए पनि पछि पाठेघर झिक्न सहमति दिएको बताए।…
पुरा पढ्नुहाेस्