नाैलाेप्रेस डेस्क

646 Posts
आज विश्व पर्यटन दिवस; विविध कार्यक्रम मनाइँदै

आज विश्व पर्यटन दिवस; विविध कार्यक्रम मनाइँदै

काठमाडौं । आज विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा हजारौं ज्येष्ठ नागरिक स्वास्थ्य बीमाबाट वञ्चित

सुदूरपश्चिममा हजारौं ज्येष्ठ नागरिक स्वास्थ्य बीमाबाट वञ्चित

कैलाली । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा अनिवार्य गरेको छ । तर, सुदूरपश्चिम प्रदेशमा अझै २६ हजार १८० ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा भएको छैन । राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा १ लाख १२ हजार ५५४ जना ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक छन् । जसमा महिला ६४ हजार ७४२ र पुरुष ४७ हजार ८१२ रहेका छन् । यसमध्ये ८६ हजार ३७४ जनाको स्वास्थ्य बीमा भएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ । प्रदेश कार्यालयका अनुसार ४९ हजार ६६६ महिला र ३६ हजार ७०८ जना पुरुषको स्वास्थ्य बीमा भएको छ । कैलालीमा ३१ हजार ६६९, कञ्चनपुरमा…
पुरा पढ्नुहाेस्
आन्दोलनरत डाक्टरहरू र सरकार बीच सहमति

आन्दोलनरत डाक्टरहरू र सरकार बीच सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकार बीच सहमति जुटेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । मंगलबार आन्दोलनरत चिकित्सक र गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य सस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्ने निर्णय भएको छ । साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐन अनुसार नै कारबाही गर्ने सहमति भएको गृह मन्त्रालय स्रोतले बताएको छ । बैठकमा उपप्रधानमन्त्री…
पुरा पढ्नुहाेस्
बझाङमा ग्याँस पड्केर आगलागी, पाँचवटा पसल जलेर नष्ट

बझाङमा ग्याँस पड्केर आगलागी, पाँचवटा पसल जलेर नष्ट

बझाङ । बझाङमा ग्याँस पड्केर आगलागी भएको छ । जिल्लाको तल्कोट गाउँपालिका–५ खौला बजारमा दुई घरमा रहेका पाँच पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर आगलागी हुँदा पाँच पसमा क्षति पुगेको हो। तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब २ः३० बाट सुरु भएको आगलागी ३ः४५ मा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट दुईवटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलभित्र रहेका सामान जलेर नष्ट भएको छ। आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसलभित्र रहेका सामान जलेको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताए। क्षतिको…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन्। जोशीलाई मङ्गलबार प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो। २०५८ देखि कैलालीमा अधिवक्ताको रुपमा कार्यरत जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका स्थानीय हुन्। जोशीलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।
पुरा पढ्नुहाेस्
मकैको जुँगा कुनकुन रोगका विरामीका लागि फाईदा जनक ?

मकैको जुँगा कुनकुन रोगका विरामीका लागि फाईदा जनक ?

हामी प्रायले हरियो मकै पोलेर वा उसिनेर खाएका छौँ। यो पोषिलो पनि हुन्छ। यससँगै भएको मकैको जुँगा पनि स्वास्थ्यवद्र्धक हुन्छ भन्ने कुराचाहिँ हामी कमैलाई थाहा छ। त्यसैले मकैको जुँगा हामीले त्यसै फ्याँकिरहेका हुन्छौँ। तर मकैको जुँगा मधुमेह, उच्च रक्तचापसहित विभिन्न स्वास्थ्य समस्यामा लाभदायक हुन्छ । परम्परागत स्वास्थ्योपचारमा यसको उपयोग हुँदै आए पनि यसलाई सबैभन्दा पहिले औषधिका रुपमा दर्ज गर्ने व्यक्ति भने एक चाइनिज फिजिसियन लान माओ (Lan Mao) हुन्। मकैको बोटको सबैभन्दा टुप्पामा फूल हुन्छ। त्यसलाई धानचमरा पनि भनिन्छ। यही धानचमराबाट खसेको पराग मकैको जुँगामा परेपछि यसैमार्फत पराग घोगाभित्र पुग्ने हुन्छ। त्यसपछि मात्र घोगामा मकैका दाना लाग्न मद्दत पुग्छ ।…
पुरा पढ्नुहाेस्
शुक्लाफाँटामा दरबन्दी अनुसार छैनन् हात्ती, रुपकलीको उमेर ६० वर्ष नाघ्यो

शुक्लाफाँटामा दरबन्दी अनुसार छैनन् हात्ती, रुपकलीको उमेर ६० वर्ष नाघ्यो

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। ‘दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ,’ उनले भने, ‘बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसवेला हात्तीकै प्रयोग हुन्छ।’ उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ। अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन। भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमित गस्तीमा समस्या उत्पन्न हुने गरेको छ। हाल यहाँ दुई छावासहित चार भाले र चार…
पुरा पढ्नुहाेस्
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

९ असोज, दाङ । काठमाडौं बाट सुर्खेतका लागि हिडेको बस दाङमा दुर्घटनामा परी परेको छ । बस दुर्घटना बाट बसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।…
पुरा पढ्नुहाेस्
दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, कहिलेदेखि हुन्छ वितरण ?

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, कहिलेदेखि हुन्छ वितरण ?

काठमाडौं । नेपाली हरुको महान चाड दशैं-तिहार लाई लक्ष्यित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । उक्त नयाँ नोट घटस्थापना आसपासदेखि वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका…
पुरा पढ्नुहाेस्
आज यी चार प्रदेशमा वर्षाको सम्भावना

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै देशमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ।
पुरा पढ्नुहाेस्