नाैलाेप्रेस डेस्क

833 Posts
एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना मात्र पास

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना मात्र पास

काठमाडौँ । यस वर्षको एसइई परीक्षाको ग्रेड वृद्धि परीक्षा दिएका मध्ये एक लाख १९ हजार चार सय २५ जना मात्र ग्रेड ( पास) भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले चैतमा लिएको नियमित परीक्षामा ऐनजी आएका र अनुपस्थित विद्यार्थीलाई पुन लिएको परीक्षामा पनि ५६.७८ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी दुई लाख १० हजार तीन २१ जना मध्ये एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले ऐनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् । कार्यालयले आठ जनाको उत्तर पुस्तिका रद्द गरेको छ…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः सुदुरपिश्चम लगायत देशभर आगामी ५ दिनसम्म भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः सुदुरपिश्चम लगायत देशभर आगामी ५ दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि असोज ८ मङ्गलवार देखी १२ गते शनिवार सम्म देशव्यापी रूपमा मौसम बदली र वर्षाको सम्भावना देखिएको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र भोलि असोज ८ गते दिउँसोदेखि बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण ५ दिनसम्म देशभर मौसम बदली रही भारी वर्षाको सम्भावना रहेको छ । सोमबार राति विशेष बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ– असोज ८ गते मङ्गलवार दिउँसोदेखि देशभर आंशिकदेखि साधरणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एक÷दुई स्थानमा भारी…
पुरा पढ्नुहाेस्
श्री कालिका मा.वि.को आ.व.२०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

श्री कालिका मा.वि.को आ.व.२०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री कालिका माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो । विद्यालयको सामाजिक परीक्षण समिति संयोजक करण सिंह बोहराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका कार्यपालिका सदस्य पुष्कर विक रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य विकले पालिकाको पहिलो लक्ष भनेको शिक्षा र स्वास्थ्य भएको हुँदा शिक्षामा गुणस्तरीयता कायम गर्नको लागि निरन्तर विद्यालयको साथमा रहिरहने कुरामा सम्पूर्ण शिक्षक तथा अभिभावकहरू ढुक्क रहन अनुरोध गरे । यस्तै…
पुरा पढ्नुहाेस्
नेपाली कागज उद्योग सञ्चालन: लोक्ताको सदुपयोग

नेपाली कागज उद्योग सञ्चालन: लोक्ताको सदुपयोग

रासस म्याग्दी । नेपाली हाते कागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।  मालिका गाउँपालिका–३ पात्लेको बराह ताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले लोक्ता बिक्री हुने बताए । ‘दरवाङ थापा चौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्य योजना अनुसार १५ वर्षपछि खुला गरिएको छ”, उनले भने, “फुर्सदको समयमा जङ्गलको लोक्ता सङ्कलन गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।” यसअघि…
पुरा पढ्नुहाेस्
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, असोज ७ । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसा रहेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको…
पुरा पढ्नुहाेस्
आजको मौसम पूर्वानुमान: हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। यसको अर्थ मनसुनको न्यून चापीय रेखा नेपालभन्दा पर छ। मनसुनको सिजनमा उत्तर दक्षिण सरिरहेन न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्दा नेपालमा लगातार पानी पर्ने सम्भावना रहँदैन। जसको प्रभावले सोमबार दिउँसो भारी वर्षाको सम्भावना नरहे पनि राति भने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भू(भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। त्यस्तै देशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी…
पुरा पढ्नुहाेस्
मेडिकल व्यवसायी प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

मेडिकल व्यवसायी प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । साइबर ब्युरोले आइतबार भक्तपुरस्थित मेडिकल व्यवसायी प्रसाईँलाई उनकै घरबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईँसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ अनुमति जारी भएको छ ।
पुरा पढ्नुहाेस्
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा बैँयाबेहडी, धनगढी–९ त्रीवेणीघाट, गोदावरी नगरपालिका–१ अत्तरिया, भजनी नगरपालिका–३ ठेकीपुल र भजनी नगरपालिका –७ हिक्मतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका २ लाख ८० हजार ३८ मूल्यको सामान बरामद गरिएको हो। उक्त मूल्यको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सुट पिस, थान कपडा, साडी, कुर्ती, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। o:t} कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त ४ बसपार्क,…
पुरा पढ्नुहाेस्
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज घरेलु टोली क्यानडासँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज घरेलु टोली क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपाल घरेलु टोली क्यानडासँग खेल्ने भएको छ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान सँग खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल दुई…
पुरा पढ्नुहाेस्
आज संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज तीन संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् अन्तर्गत आज बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । सोही समयमा सुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतीबारे छलफल हुनेछ । त्यसै गरी बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल…
पुरा पढ्नुहाेस्