नाैलाेप्रेस डेस्क

972 Posts
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् । प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले…
पुरा पढ्नुहाेस्
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो

२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उनको भनाइ छ, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् । घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उनले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकुँडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताए । कडारा परिवारजस्तै छिमेकमा…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमानः देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराईका थोरै स्थानहरुमा हल्का हुस्सु

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसअनुसार सोमबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहँदा तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको महाशाखाको भनाइ छ । यस्तै दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश,…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा यस वर्ष पनि तिर्थ माघी मेला संचालन हुँदै 

बर्दगोरिया-६ मा यस वर्ष पनि तिर्थ माघी मेला संचालन हुँदै 

बर्दगोरिया । गत वर्ष जस्तै यस वर्ष पनि कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा तिर्थ माघी मेला संचालन  हुने भएको छ ।  बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा रामजानकी सेवा समाज सुङरखालले यसपटक पनि माघी मिलन तथा तिर्थ धार्मिक मेलाको आयोजना गर्ने भएको हो । आइतबार वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यतामा बसेको  बैठकले थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान, यसको पहिचानका साथै बर्दगोरिया ६ मा रहेको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया अस्थानको प्रवर्द्धनमा टेवा पुर्‍याउन मुख्य उद्देश्यका साथ मेला संचालन गर्ने निर्णय गरेको हो । बैठकले तिर्थ माघी मेला संचालनको लागि कलम बहादुर डगौराको अध्यक्षतामा…
पुरा पढ्नुहाेस्
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना, १४ जना घाइते 

सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना, १४ जना घाइते 

कैलाली । सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै गरेको जीप दुर्घटना भएको छ । शनिबार आज बिहान करिब ११ बजेको समयमा सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचाैर काे देउराली नजिकै दुर्घटना भएको हाे । जिप दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा कैलाली जिल्ला जानकी गाउँपालिका वडा नम्बर ९ को दीपबहादुर शाही, पञ्चपुरी नगरपालिका वडा नम्बर ५ सुर्खेतका पार्वती घर्ती मगर, पञ्चपुरी ५ सुर्खेतकै वर्षा सुनार, पञ्चपुरी नगरपालिका वडा नं ८ का शिवराज सुनार, पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का नरबहादुर देउवा, पञ्चपुरी…
पुरा पढ्नुहाेस्
माओवादीको पदाधिकारी बैठक स्थगित

माओवादीको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज बस्ने पदाधिकारी बैठक स्थगित गरिएको छ । आजका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरिएको माओवादी स्रोतले जनाएको छ । पूर्वप्रधानमन्त्री प्रचण्ड आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको यसअघि सचिव देवेन्द्र पौडेलले जानकारी दिएका थिए । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको थियो । स्थगित बैठक मंसिर ४ गते बस्ने बताइएको छ । यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले थप छलफलका लागि मंसिर ३…
पुरा पढ्नुहाेस्
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । पार्टीका नेता एवम् पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । बैठक अहिले १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।    
पुरा पढ्नुहाेस्
आज सार्वजनीक विदा

आज सार्वजनीक विदा

काठमाडौं । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज सार्वजनीक विदा दिएको छ । सरकारले पुर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । जस अनुसार सरकारले आज सार्बजनिक बिदा दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । आइतबार निधन भएका ढुंगानाको आज अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमानः देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाका अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक (दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मंगलबार पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही…
पुरा पढ्नुहाेस्
उपनिर्वाचनः आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

उपनिर्वाचनः आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । मैसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५…
पुरा पढ्नुहाेस्