नाैलाेप्रेस डेस्क

972 Posts
एनपिएलअन्तर्गत आज पनि दुई खेलः पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच

एनपिएलअन्तर्गत आज पनि दुई खेलः पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच

काठमाडौँ । बुधबार आज पनि नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । खेल बिहान ९ बजे सुरु हुन्छ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौँ गोर्खाजका कप्तानमा करण केसी छन् । कर्णाली र काठमाडौँ दुवैको यो दोस्रो खेल हो, योभन्दा अगाडिको खेलमा दुवै टिमले जीत हासिल गर्न सकेको थिएनन् । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेल भने विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुँदै छ ।…
पुरा पढ्नुहाेस्
राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन । पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका हुन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
पुरा पढ्नुहाेस्
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २५ पैसा र…
पुरा पढ्नुहाेस्

यस्तो छ आज देशभरको मौसम

काठमाडौँ । देशभरको मौसम आज सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सञ्चालित धमला ट्रड एण्ड सप्लायर्समा आगलागी

बर्दगोरियामा सञ्चालित धमला ट्रड एण्ड सप्लायर्समा आगलागी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ स्थित सड्कपुर बौनियामा सञ्चालित धमला ट्रड एण्ड सप्लायर्समा गएराति आगलागी भएको छ । राति करिव साढे ८ बजेको समयमा ट्रड एण्ड सप्लायर्सको माथिल्लो तलाका रहेको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगो करिव १ः३० घण्टा पछि टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय सड्कपुर बौनियाँ, सशस्त्र बेस क्याप झगडपुर, र स्थानीयको सहायतामा नियन्त्रण लगिएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने क्रममा स्थानीय टंक जोशी र इलाका प्रहरी कार्यालय बौनियाका १ जना प्रहरी जवान सामान्य घाइते भएका छन । यस्तै घर भित्रै रहेका धमला…
पुरा पढ्नुहाेस्
जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता; सोमबार सहभागी टिमको समूह बिभाजन

जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता; सोमबार सहभागी टिमको समूह बिभाजन

राजेन्द्र रावल  बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यहीँ मंसिर २१ गते बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ मा सहभागी बिद्यालय हरुकाे समूह बिभाजन भाेलि साेमबार बेलुकी ६ बजे हुने आयाेजकले जानकारी दिएको  छ । आयाेजकले दिएको जानकारी अनुसार प्रतियोगितामा जिल्ला भित्रका करिब १६ छात्रा र  ३२ छात्र टिमको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा सहभागी छात्र टिमलाई ४ समुहमा बिभाजन गरि नक आउट पद्धतिमा खेल हुने र समुहको बिजेताले सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तै उता लिककम नकआउटका आधारमा हुने छात्रातर्फ समेत समूह विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्  । प्रतियोगिताकाे उद्धघाटन एक…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जस अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा…
पुरा पढ्नुहाेस्
आज देखि नेपाल प्रिमियर लिग क्रिकेटको शुभारम्भ हुँदै

आज देखि नेपाल प्रिमियर लिग क्रिकेटको शुभारम्भ हुँदै

काठमाण्डौं । काठमाण्डौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित बनेका छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी…
पुरा पढ्नुहाेस्
जिल्ला स्तरीय छात्रा/छात्र फुटबल प्रतियोगिताको उद्धघाटन मुख्यमन्त्री शाहले गर्ने 

जिल्ला स्तरीय छात्रा/छात्र फुटबल प्रतियोगिताको उद्धघाटन मुख्यमन्त्री शाहले गर्ने 

 राजेन्द्र रावल बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा हुन लागेको जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे उद्धघाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने भएका छन । नौलो प्रेस सङ्ग कुरा गर्दै आयोजक संस्थाका प्रमुख प्रमाेद मल्लले बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यही मंसिर २१ गते बाट सुरु हुन गइरहेको  जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे उद्धघाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने बताएका हुन । उक्त खेलमा जिल्ला भित्रका करिब बाह्र(१२)  छात्रा र  ३२ छात्र टिमको सहभागिता रहने छ । प्रतियोगिताको उद्धघाटन यहीँ मंसिर २१ गते बिहान ११:३० बजे…
पुरा पढ्नुहाेस्
एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । एकै दिन नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा उच्च गिरावट आएको छ। यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५…
पुरा पढ्नुहाेस्