नाैलाेप्रेस डेस्क

833 Posts
मौसम पूर्वानुमानः देशभर मनसुनी प्रभाव कायमै

मौसम पूर्वानुमानः देशभर मनसुनी प्रभाव कायमै

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज लुम्बिनी र गण्डकी सहित देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । यस्तै दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
पुरा पढ्नुहाेस्
वडा कार्यालयबाट नुन वितरण भएपछि जुम्ला स्थानीयलाई सहज

वडा कार्यालयबाट नुन वितरण भएपछि जुम्ला स्थानीयलाई सहज

जुम्ला । जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि जुम्लाका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताए । “यो दसैँमा नुनको अभाव हुने छैन, ” उनले भने । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६०…
पुरा पढ्नुहाेस्
बाढीपहिरोमा ज्यान गुमाउने संख्या २४४ पुग्यो, अझै १९ बेपत्ता

बाढीपहिरोमा ज्यान गुमाउने संख्या २४४ पुग्यो, अझै १९ बेपत्ता

काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । यस्तै अझै १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । मन्त्रालयका अनुसार बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका…
पुरा पढ्नुहाेस्
आगामी निर्वाचनमा माओवादी केन्द्र एकल प्रतिस्पर्धा गर्ने; अध्यक्ष प्रचण्ड 

आगामी निर्वाचनमा माओवादी केन्द्र एकल प्रतिस्पर्धा गर्ने; अध्यक्ष प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने बताएका छ्न । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहको निर्वाचनमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका हुन। यश अघिका निर्वाचनमा गरेको गठबन्धनले पार्टीलाई कुनै फाइदा नभई उल्टै पार्टीको पहिचाननै कमजोर भएर गएको बताए । देशब्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले आफ्नो तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनले बताए। उनले प्राकृतिक…
पुरा पढ्नुहाेस्
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ  । आज बडादसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै  रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले आज कोसी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज (शनिवार) दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम…
पुरा पढ्नुहाेस्
महिला टी–२० विश्वकप: न्यूजिल्याण्डसँग भारत पराजित

महिला टी–२० विश्वकप: न्यूजिल्याण्डसँग भारत पराजित

काठमाडौँ । गएराति भएको आइसीसी महिला टी–२० विश्वकपमा भारत न्यूजिल्याण्ड सँग पराजित भएको छ । न्यूजिल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र जोडदैँ न्यूजिल्याण्डसँग ५८ रनले पराजित गरेको हो । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो । अब न्यूजिल्याण्डले अर्को खेल मङ्गलवार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
पुरा पढ्नुहाेस्
बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय ३९ पुग्यो: १८ जना अझै बेपत्ता

बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय ३९ पुग्यो: १८ जना अझै बेपत्ता

काठमाडौँ । गत साता परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हाल सम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको छ। उक्त विपद्मा परेर अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिएका छन। हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ। बाढी र पहिरोको कारण अवरुद्ध बनेका राजमार्गको मन्त्रालयले सहायता परिचालन गरी मर्मत  कार्य गर्दै यातायात सञ्चालन गर्न प्रयास गरिरहेको उनले बताए।
पुरा पढ्नुहाेस्
विश्व रेबिज दिवस;  बर्दगोरियामा लगाइयो करिव ३ सय कुकुरहरूमा रेबिज विरुद्धको खोप

विश्व रेबिज दिवस;  बर्दगोरियामा लगाइयो करिव ३ सय कुकुरहरूमा रेबिज विरुद्धको खोप

बर्दगोरिया । विश्व रेबिज दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा घरपालुवा र छाडा कुकुरहरूको उक्त रेबिज विरुद्धको खोप लगाइएको छ । कुकुरको टोकाई बाट लाग्ने उक्त रोगको निराकरण गर्ने उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बर्दगोरिय गाउँपालिका भित्र रहेका करिब १ सय ४५ वटा घरपालुवा र १ सय ४६ वटा छाडा कुकुर गरी जम्मा ३ सय कुकुरहरू लाई उक्त रेबिज विरुद्धको खोप लगाइएको बर्दगोरिया पशु सेवा शाखाले जनाएको छ  । खोप कार्यक्रममा भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा. मिलन खनाल, बर्दगोरिया  पशु सेवा शाखाका भेटेरिनरी अधिकृत जय प्रसाद…
पुरा पढ्नुहाेस्
स्याङ्जामा जिप दुर्घटना; ७ जना घाइते 

स्याङ्जामा जिप दुर्घटना; ७ जना घाइते 

काठमाडौँ । जिप दुर्घटनामा परि स्याङ्जामा ७ जना घाइते भएका छन । जिप स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको हो । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा परेर घाइते हुनेमा आँधिखोला–५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली छन् । जिप चालक अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । घाइतेहरूलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर…
पुरा पढ्नुहाेस्