नाैलाेप्रेस डेस्क

833 Posts

मौसम पूर्वानुमान; तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो

काठमाडौँ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी प्रदेश– आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । मधेस प्रदेश– बिहान धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । दिउसो तथा राति मुख्यतया मौसम सफा…
पुरा पढ्नुहाेस्
भारतमा भएको रेल दुर्घटना; मृत्यु हुनेको संख्या १२ पुग्यो,  ३ जना नेपालीको सनाखत

भारतमा भएको रेल दुर्घटना; मृत्यु हुनेको संख्या १२ पुग्यो,  ३ जना नेपालीको सनाखत

नयाँ दिल्ली । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् । नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको सो दुर्घटनामा परी मृत्यु भएको हो । ज्यान गुमाएकामध्ये भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य कयौँ घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम २०८१ हुँदै

बर्दगोरियामा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम २०८१ हुँदै

बौनिया । कैलालीको बर्दगोरियामा यहि माघ १२ गतेका दिन थारु जातिको नयाँ बर्षका रुपमा रहेको माघि पर्वको अवसरमा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ । हिन्दुहरुको महान पर्व माघे संक्रान्ति तथा थारु समुदायमा नयाँ बर्षका रुपमा रहेको माघी पर्वको अवसरमा पालिकाको वडा नं. ४ मुडा बजार अर्थात प्रस्तावित (कोटागढी) को खेल मैदानमा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम हुन लगेको हो । कार्यक्रमा स्थानिय भाषा, कला, संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ कार्यक्रममा पुराना थारु संस्कृति झल्कने भेषभुषा तथा गीत संगीत प्रस्तुत गरिने छ । यस वर्ष पहिलो पटक पालिका स्तरीय थारु समुदायमा नयाँ बर्षका रुपमा रहेको…
पुरा पढ्नुहाेस्
एस इन्टरनेशनल एजुकेसन द्रारा राष्ट्रिय क्रीकेट खेलाडी साउदलाई सम्मान

एस इन्टरनेशनल एजुकेसन द्रारा राष्ट्रिय क्रीकेट खेलाडी साउदलाई सम्मान

कैलाली । नेपालका राष्ट्रिय खेलाडी पछिल्लो समय नेपाल प्रीमियर लिगमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्र देखि अन्तर्राष्ट्रिय सम्म ख्याति प्राप्त क्रीकेटर नरेन साउदलाई एस इन्टरनेशनल एजुकेसन ले सम्मान गरेको छ। पछिल्लो समयमा देशलाई अन्तर्राष्ट्रिय स्थरमा चिनाउन  खेलेको भुमिका र नेपाल प्रिमियर लिग मा सुदुरपश्चिम् लाई फाइनल सम्म पुगाउन महत्त्वपूर्ण भुमिका खेलेका नरेन all rounder खेलाडी हुन । नेपाल प्रिमियर लिग मा उनले एउटै खेलमा ५ विकेट लगेर म्यान अफ द म्याच पनि भएका थिए । देशका लागि विभिन्न उमेर समुहमा राष्ट्रिय खेल खेलेका उनी सानै देखि बलिङ र ब्याटिङ्गमा सधै अग्र पन्तीमा रहदै आएका थिए । उनले खेलेका धेरैले जसो…
पुरा पढ्नुहाेस्
बौनिया जेसिजको १३ औं शाखा अधिबेशन बाट अध्यक्षमा मिलन ओली निर्वाचित 

बौनिया जेसिजको १३ औं शाखा अधिबेशन बाट अध्यक्षमा मिलन ओली निर्वाचित 

बर्दगोरिया । बौनिया जेसिजको १३ औं शाखा अधिबेशन सम्पन्न भएको छ ।अधिवेशन बात वर्ष ३०२५ को लागि बौनिया जेसिजको अध्यक्षमा मिलन ओलि  सर्बसहमती बाट निर्वाचित भएका छन । बौनिया जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि वीर बहादुर विष्टक   सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष जेसि लिला राज शाही रहेका थिए । कार्यक्रम प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख अतिथि लिला राज शाहीले जेसिजले नेतृत्व र ब्याक्तित्व बिकास संगै सामाजिक क्षेत्रमा काम गर्ने भएकाले अझै राम्रो गर्न सुझाव दिए । बौनिया जेसिज सबै युवालाई समेटी समाज रुपान्तरण संगै लागू पदार्थ दुर्ब्यसनीलाई रोक्न अहम भुमिका खेल्नु पर्ने बताए ।…
पुरा पढ्नुहाेस्
नमुना ग्रामीण विद्युत सहकारी संस्था लि.को १९ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना ग्रामीण विद्युत सहकारी संस्था लि.को १९ औं बार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको नमुना ग्रामीण बिधुत सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष भिम बहादुर जाब्लिको सभापतित्वमा शनिबार सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी शाहिले वडा नम्बर ४ को बिकास र समृद्धिका लागी आफू दिनरात नभनी लागी रहेको बताए । संस्थाले राम्रो काम गरेको छ ,अझै प्रगती गरोस भन्ने शुभकामना ब्यक्त गरे ।  वडा अध्यक्ष शाहिले आफुले कसैलाई पाखा र काखा नगरी काम गरि रहेको बताउदै आगामी दिनमा थप नमुना ग्रामीण…
पुरा पढ्नुहाेस्
जे.भि फाउन्डेसन द्रारा गौरिगङ्ग- १ मा रहेको श्री नवजिवन आ.वि लाई मुर्ति र गजुर सहयोग 

जे.भि फाउन्डेसन द्रारा गौरिगङ्ग- १ मा रहेको श्री नवजिवन आ.वि लाई मुर्ति र गजुर सहयोग 

गौरिगङ्गा । कैलालीको गौरिगङ्गा गरपालिका वडा न १ स्थित माघी टोलमा रहेको श्री नवजीवन आधारभुत बिद्यालयलाई जे भि फाउन्डेसनको सहयोगमा एक कार्यक्रम बिच सरस्वती माताको मुर्ति र गजुर सहयोग हस्तान्तरण गरिएको छ। बिद्यालयका प्रधानाध्यापक गणेश बहादुर बुढा को अध्यक्षतामा कार्यक्रमको संचालक शिक्षक रनि बुढा ज्युले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अथिती जेभी फाउन्डेसनका प्रदेश सचीव करन साउद रहनु भएको थियो । यस्तै कार्यक्रमको विशिस्ट अथितीमा जेभी फाउन्डेसनका प्रदेश सदस्य नर बहादुर बुढा ज्यु रहनु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका  रन्जिता ढुङ्गा जोशीले राख्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती करन साउदले जे भिको बारेमा ब्याख्या गर्नु भयो…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु

बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु

२३पुस /कैलालीको बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेल सन्चालन हुनेछन् । प्रतियोगिताको मंगलबार उदघाटन गर्दै बर्दगोरिया गाउँपालिका गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरलेले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष गणेश राज गिरिले शारीरिक…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा तेस्रो वर्षको सडक सुधार अभियान सुरु

बर्दगोरियामा तेस्रो वर्षको सडक सुधार अभियान सुरु

बर्दगोरिया । पालिकाका अधिकांश सडकहरूको स्तर सुधार गरेको कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्षका लागी बाकी सडकहरूको स्तर सुधार तथा मर्मत सम्भारको काम सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच पालिका अध्यक्ष कर्णबहादुर कुँवरले वडा नम्बर २ बौनिया गाउँ देखी वडा नम्बर ५ जोड्ने करिब २ किलोमिटर सडक स्तर सुधारको काम सुरु भए सँगै यो वर्षका लागी काम अघि बढेको हो । “सडकमा हुने खाल्डाखुल्डीका कारण आवतजावतमा हुने समस्यालाई मध्यनजर गर्दै गाउँ सरकारले सुरु देखी नै सडक सुधार अभियान थालेको थियो । यसलाई कालोपत्रेको प्रारम्भिक बेस निर्माणका रूपमा समेत हेरिएको छ । हामीले भविष्यमा हुने कालोपत्रेलाई समेत मध्यनजर गरी…
पुरा पढ्नुहाेस्
श्री असल महिला कृषि सहकारी संस्थाको ११ औ वार्षिक साधारणसभा सम्पन्न

श्री असल महिला कृषि सहकारी संस्थाको ११ औ वार्षिक साधारणसभा सम्पन्न

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार संस्थाका अध्यक्ष पार्वती साउदको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) रहेका थियो भने विशिष्ट अथितिमा वडा नम्बर ६ का वडा सदस्य नेहा कुमारी चौधरी रहेकी थिइन । साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले सहकारीलाई आफुले बिगत देखि नै वडाको तर्फबाट सहयोग गर्दै आएको बताए । सहकारीको कार्यक्षेत्र आफ्नो वडामा समेत भएकोले आफू जुनसुकै समयमा पनि सहकारीलाई सहयोग…
पुरा पढ्नुहाेस्