समाचार लेखेको भन्दै सुखडमा पत्रकार माथि कुटपिटको घटना: महासंघद्वारा दोषीलाई कारबाहीको माग
सुखड, ८ चैत । कैलालीको घोडाघोडी नगरपालिकामा समाचार लेखेको भन्दै कुटपिटमा परेका पत्रकार प्रकाश मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीले छलफल गरेको छ । कुटपिटपछि घाइते पत्रकार मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीको टोली सुुखड पुगेर घटनाबारे जानकारी लिएको हो । सुखडमा हाइवे क्षेत्रका पत्रकारहरुसंग समेत नेपाल पत्रकार महासंघ कैलाली शाखाले छलफल गरेको छ । छलफलको क्रममा पीडित पत्रकार मिश्रले दोषीलाई कारवाही हुनुपर्ने बताए । “समाचार लेखेकै कारण म माथी कुटपिट भएको छ” पत्रकार मिश्रले छलफलमा भने, “यस्तालाई कडा कारवाही हुनुुपर्छ । दोषीलाई कारवाहीका लागि महासंघले साथ दिनुपर्छ ।” नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले समाचार लेखेकै भरमा पत्रकार माथी…

















