बौनिया जेसीज द्वारा रक्तदान कार्यक्रम सम्पन्न
बर्दगोरिया । विश्व रक्तदाता दिवसको अवसरमा बौनिया जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल जेसीजको प्रोजेक्ट संकल्प अनुसार समाजमा रगत अभावका कारण हुने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसीजका संस्थापक अध्यक्ष लिला जंग शाही रहेका थिए । कार्यक्रमलाई सम्बोधन प्रमुख अतिथि शाहीले रक्तदान जीवनदान भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। टीकापुर जेसीजको मातृत्वमा सन् २०११ मा स्थापना भएको यस जेसीजले २०११ देखि २०२६ सम्म पुग्दै गर्दा रक्तदान लगायत विभिन्न सामाजिक कार्यहरू साफतापूर्वक सम्पन्न गर्दै आएको…














