नाैलाेप्रेस डेस्क

822 Posts
कस्तो रहला तपाईंको आजको दिन ? यस्तो छ आजको राशिफल

कस्तो रहला तपाईंको आजको दिन ? यस्तो छ आजको राशिफल

आज २०७९ साल भदौ ६ गते सोमबार । ज्योतिष शास्त्रमा अनुसार तपाईंको आजको दिन कस्तो रहनेछ? हेर्नुस यस्तो छ आजको फलादेश: मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ। कर्कट : प्रतिस्पर्धीहरु सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ। सिंह : परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ। कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। तुला : स्वास्थ्यमा समस्या छ।…
पुरा पढ्नुहाेस्
कैलालीमा मात्र ४३ जनाले गराए मिटरब्याजीविरुद्ध उजुरी दर्ता

कैलालीमा मात्र ४३ जनाले गराए मिटरब्याजीविरुद्ध उजुरी दर्ता

कैलाली । कैलालीमा आइतबार सम्म ४३ जनाले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराएका हुन ।  गृह मन्त्रालयले भदौ ५ गतेसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई उजुरी दिन आह्वान गरेको कैलालीमा मात्र ४३ जना विरुद्ध उजुरी दर्ता गरिएको हो । सोही अनुसार कैलालीका ४३ जना पीडितले आइतबारसम्म मिटरब्याजीविरुद्ध उजुरी दिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको हो । मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। उनले संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयसम्म पठाइने र मन्त्रालयको निर्देशनपछि आगामी कदम चालिने बताए।
पुरा पढ्नुहाेस्
वाईसीएलको अध्यक्षमा श्रीपाइली चयन

वाईसीएलको अध्यक्षमा श्रीपाइली चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को अध्यक्षमा सुवोध श्रीपाइली चयन भएका छन् । काठमाडौंमा सम्पन्न वाइसीएलको राष्ट्रिय भेलाले श्रीपालीलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । वाइसीएलको पदाधिकारीमात्रै ६१ जनाको बनेको छ भने केन्द्रीय समिति ३ सय ५१ सदस्यीय घोषणा भएको छ । पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ । शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । त्यसपछि बन्दसत्र सम्पन्न भए पनि निर्वाचन प्रक्रिया सुरु भएपछि सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने…
पुरा पढ्नुहाेस्
बार्सा ४-१ गोलले विजयी

बार्सा ४-१ गोलले विजयी

काठमाडौं । आइतबार राति भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको छ । रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको हो । बायर्न म्युखिका पूर्व स्ट्राइकरले खेलको ४७ औँ सेकेन्डमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै अलेक्सान्डर इस्याकले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा ओसमान डेम्बेलेले बार्सालाई पुनः अग्रता दिलाए भने लगत्तै लेवान्डोस्कीले अर्को गोल थपे । ७९ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । बार्सा पहिलो खेलमा आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग…
पुरा पढ्नुहाेस्
कति छ आज बिदेशी मुद्राको बिनिमय दर ?

कति छ आज बिदेशी मुद्राको बिनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि बिदेशी मुद्राको विनियम दर तोकेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.९५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.४१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५०.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १५१.३५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९५ रुपैयाँ रहेको छ । । साउदी रियाल एकको खरिद दर ३३.९१ रुपैयाँ रहेको छ भने बिक्री…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। जस्का कारण आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै मंगलबार  प्रदेश १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भूभागहरूमा मेघ गर्जन/चट्याङसहित…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा दोदोधरा अस्पतालको अनुगमन तथा निरीक्षण

बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा दोदोधरा अस्पतालको अनुगमन तथा निरीक्षण

५, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीले बर्दगोरिया गाउँपालिका अध्यक्ष द्वारा दोदोधरा अस्पतालको निरीक्षण तथा अनुगमन गरेका छ । आइतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकाको वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालको निरीक्षण तथा अनुगमन गरेका हुन। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालको अनुगमन गरिएको छ । आइतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरको टोलीले अस्पतालको निरीक्षण तथा अनुगमन गरेको हो । टोलीले अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा, स्वास्थ्य तथा सरसफाइ र अस्पतालको अवस्थाबारे जाचबुझ गरेको हो । सो क्रममा टोलीले अस्पतालको सरसफाइ तथा व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएको छ । अनुगमन तथा निरीक्षणका क्रममा अस्पताल…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा आजदेखी ५ -१२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइदै

सुदूरपश्चिममा आजदेखी ५ -१२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइदै

कैलाली । आज आइतबार देखि सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा सरकारले ५  वर्षदेखि  १२ वर्ष भन्दा मुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप  पहिलो मात्रा दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना विरुद्धको खोप नपाएका बालबालिकालाई आजबाट भदौ ११ गते सम्म पहिलो मात्राको फाईजर खोप दिन लागिएको हो । मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ । खोप पाउने जिल्ला हरुमा अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला रहेका छन् । बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ।
पुरा पढ्नुहाेस्
कैलालीमा एक युवको शव फेला

कैलालीमा एक युवको शव फेला

कैलाली । कैलालीकोअत्तरियास्थित एक पसलको शौचालयमा २२ वर्षीया एक युवकको शव फेला परेको छ। शनिबार साझ जिल्लाको गोदावरी नगरपालिका १ वलपिपलमा रहेको चौलागाईं वस्त्रालयमा काम गर्ने अन्दाजी २२ वर्षीय जयन्तबहादुर कार्कीको शव फेला परेको हो। मृतक जयन्तबहादुर कार्कीका काका पदमका अनुसार वस्त्रालयका सञ्चालक शुवास चौलागाईंले उनका भतिजाको शव ट्वाइलेटको होल्डरमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा फेला परेको बताएका थिए। बैतडीको डिलाशैनी ७ घर भएका कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत थिए। कार्कीको शव शंकास्पद रुपमा फेला परेपछि आफन्तले उनको हत्या भएको शंका गरेका छन्। होल्डरमा मसिनो तारले पासो लगाउन असम्भव भएकाले मृतकका काका पदमले उनको हत्या भएको आशंका गरेका छन्। उक्त घटनाबारे…
पुरा पढ्नुहाेस्
भारतको हिमाचल प्रदेशमा भारी वर्षा, बाढी र पहिरोमा परी २२ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा भारी वर्षा, बाढी र पहिरोमा परी २२ जनाको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी मण्डी जिल्लामा १३ जनाको मृत्यु भएको छ। राज्यमा मनाली–चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्। शिमला–चण्डीगढ राजमार्ग शोगी नजिक बन्द भएको छ। बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन्। मण्डीका उपायुक्तले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताए। समाचार एजेन्सी एएनआईका अनुसार हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले मृतकका परिवारलाई सरकारका तर्फबाट क्षतिपूर्ति दिने घोषणा गरेका छन्। #बीबीसी…
पुरा पढ्नुहाेस्