बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा दोदोधरा अस्पतालको अनुगमन तथा निरीक्षण

५, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीले बर्दगोरिया गाउँपालिका अध्यक्ष द्वारा दोदोधरा अस्पतालको निरीक्षण तथा अनुगमन गरेका छ ।

आइतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकाको वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालको निरीक्षण तथा अनुगमन गरेका हुन।

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालको अनुगमन गरिएको छ । आइतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरको टोलीले अस्पतालको निरीक्षण तथा अनुगमन गरेको हो ।

टोलीले अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा, स्वास्थ्य तथा सरसफाइ र अस्पतालको अवस्थाबारे जाचबुझ गरेको हो । सो क्रममा टोलीले अस्पतालको सरसफाइ तथा व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएको छ । अनुगमन तथा निरीक्षणका क्रममा अस्पताल परिसर, अस्पताल भित्र तथा शौचालयको सफाइमा हेलचक्राइ नगरी सरसफाइ गर्न निर्देशन दिएको पालिका अध्यक्ष कुवरले बताए । यसैगरी टोलीले अस्पतालमा सामान व्यवस्थापन ठिक नभएको भन्दै त्यसलाई सुदृढ गर्न निर्देशन दिएको छ ।

अस्पताल जस्तो अति संबेदनसिल क्षेत्रमा स्वास्थ्य तथा सरसफाइ प्रभावकारी नहुदा अस्पतालमा आउने बिरामी तथा अन्य नागरिकलाई गम्भीर असरपर्ने देखिएको हुँदा त्यसप्रति सचेत रही संबेदनसिल बन्न अस्पताल प्रमुख इन्चार्ज कृष्ण देव जोशीलाई सुझाव दिएको छ । यस्तै अस्पतालको व्यवस्थापनका एसी जडान ,अन्य सामानको मर्मत सुधार गर्न समेत भनेको छ ।

अनुगमन टोलीमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम लगाएत रहेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार