बार्सा ४-१ गोलले विजयी

काठमाडौं । आइतबार राति भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको छ । रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको हो ।

बायर्न म्युखिका पूर्व स्ट्राइकरले खेलको ४७ औँ सेकेन्डमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै अलेक्सान्डर इस्याकले गोल गर्दै खेल बराबरी गरे ।

दोस्रो हाफमा ओसमान डेम्बेलेले बार्सालाई पुनः अग्रता दिलाए भने लगत्तै लेवान्डोस्कीले अर्को गोल थपे । ७९ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

बार्सा पहिलो खेलमा आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिएको थियो । जीतसँगै बार्सा लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।

आइतबार राति नै भएको अन्य खेलमा एट्लेटिको म्याड्रिड भिल्लेरियालसँग २-० गोल अन्तरले पराजित भएको छ । त्यस्तै एथ्लेटिक बिल्बाओले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार