भारतको हिमाचल प्रदेशमा भारी वर्षा, बाढी र पहिरोमा परी २२ जनाको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी मण्डी जिल्लामा १३ जनाको मृत्यु भएको छ।

राज्यमा मनाली–चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्। शिमला–चण्डीगढ राजमार्ग शोगी नजिक बन्द भएको छ।

बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन्। मण्डीका उपायुक्तले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताए।

समाचार एजेन्सी एएनआईका अनुसार हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले मृतकका परिवारलाई सरकारका तर्फबाट क्षतिपूर्ति दिने घोषणा गरेका छन्। #बीबीसी हिन्दी

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार