कैलाली । कैलालीमा आइतबार सम्म ४३ जनाले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराएका हुन । गृह मन्त्रालयले भदौ ५ गतेसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई उजुरी दिन आह्वान गरेको कैलालीमा मात्र ४३ जना विरुद्ध उजुरी दर्ता गरिएको हो ।
सोही अनुसार कैलालीका ४३ जना पीडितले आइतबारसम्म मिटरब्याजीविरुद्ध उजुरी दिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको हो ।
मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
उनले संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयसम्म पठाइने र मन्त्रालयको निर्देशनपछि आगामी कदम चालिने बताए।