नाैलाेप्रेस डेस्क

822 Posts
केन्यालाई १७ रनले हराउँदै, नेपालले जित्यो एकदिवसीय अभ्यास सिरिज

केन्यालाई १७ रनले हराउँदै, नेपालले जित्यो एकदिवसीय अभ्यास सिरिज

काठमाडौंः नेपाली क्रिकेट टोलीले केन्याविरुद्ध लगातार दोस्रो जित निकालेको छ । आज सम्पन्न खेलमा घरेलु टोली केन्यामाथि १७ रनको जित निकाल्दै नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज जितेको हो । नेपाली क्रिकेट टोलीले तीन खेलको सिरिज एक खेल अगावै केन्यामाथि १७ रनको जित निकाल्द सिरिज जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको सहायतामा २३० रन बनाएको थियो। नेपालका लागी रोहित पौडेलले सर्वाधिक ७८ रन बनाउँदा देव खनालले ३७ तथा सोमपाल कामीले २६ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्लले २५, वसीर अहमदले १७, मोहम्मद आदिल आलमले १४ रन बनाउँदा करण केसीले ११ रन जोडेका थिए ।…
पुरा पढ्नुहाेस्
देशभर थप २ सय जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

देशभर थप २ सय जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३७ जनामा गरिएको परीक्षणमा २ सय जनामा कोरोना पुष्टि भएको हो । सोहि अवधीमा शनिबार आज ३ सय ३९ जना कोरोनाका संक्रमित कोरोनाबाट मुक्त भएका छन् । भने थप २ जना संक्रमितको मृत्यु समेत भएको छ । मन्त्रालयको विवरण अनुसार हाल देशभर २ हजार ६ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पुरा पढ्नुहाेस्
आज भाद्र १८ गते, तपाईंको राशिफल

आज भाद्र १८ गते, तपाईंको राशिफल

आज २०७९ भाद्र १८ गते, शनिवार, ३ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष सप्तमी तिथि । कस्तो रहला राशिफल अनुसार तपाईंको आजको दिन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ ।…
पुरा पढ्नुहाेस्
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन भएको छ। शुक्रबार आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गरेको हो । ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए। चार लाख १० हजार ६८ जनाले परीक्षा फारम भरेका थिए। कूल ४३ जनाको परीक्षा रद्द भएको थियो।
पुरा पढ्नुहाेस्
७२ जिल्लामा फैलियो डेंगी, कुन जिल्लामा कति?

७२ जिल्लामा फैलियो डेंगी, कुन जिल्लामा कति?

१७, भाद्र २०७९ काठमाण्डौ । हाल सम्म देशभरका ७२ जिल्लामा डेंगीको संक्रमण फैलिएको पुष्टि भएको छ । अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि असोज महिना नलाग्दै डेंगीको संक्रमण फैलिरहेको छ । जसअनुसार बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । डा. दाहालका अनुसार अहिलेसम्म देशभरका ३ हजार २ सय २७ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला जिल्लाबाट नयाँ…
पुरा पढ्नुहाेस्
आजदेखि नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला सुरु

आजदेखि नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला सुरु

काठमाण्डौ । आजदेखि नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला सुरु हुँदैछ । जसमा नेपाल र केन्याले तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेका हुन् । जसको पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुने भएको हो । केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन् । केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।
पुरा पढ्नुहाेस्
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१७, भाद्र २०७९ काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१७, भाद्र २०७९ काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै डलरको खरिद दर १२० रुपैयाँ ०० पैसा र बिक्री दर १२७ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६…
पुरा पढ्नुहाेस्
कर्णाली प्रदेशमा आज माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम

कर्णाली प्रदेशमा आज माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम

१७, भाद्र सुर्खेत । शुक्रबार आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सुर्खेत आउने भएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत आउन लागेका हुन् । कार्यक्रम वीरेन्द्रनगर स्थित सिटीहलमा हुने छ। प्रचण्ड हिजो बिहीबार नै सुर्खेत आउने कार्यक्रम रहेपनि सत्ता गठबन्धनको बैठकका कारण हिजो स्थगित भएको थियो। प्रशिक्षण कार्यक्रममा लागि उपमहासचिव एवं नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा भने बिहिवार नै सुर्खेत पुगिसकेका छन् भने नेता शक्ति बस्नेत पनि वीरेन्द्रनगरमै छन्।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना

सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना

१७, भाद्र २०७९ काठमाडौं । शुक्रबार आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै महाशाखाका अनुसार प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिमसहित लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका पनि एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको…
पुरा पढ्नुहाेस्