कर्णाली प्रदेशमा आज माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम

१७, भाद्र सुर्खेत । शुक्रबार आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सुर्खेत आउने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत आउन लागेका हुन् ।

कार्यक्रम वीरेन्द्रनगर स्थित सिटीहलमा हुने छ। प्रचण्ड हिजो बिहीबार नै सुर्खेत आउने कार्यक्रम रहेपनि सत्ता गठबन्धनको बैठकका कारण हिजो स्थगित भएको थियो।

प्रशिक्षण कार्यक्रममा लागि उपमहासचिव एवं नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा भने बिहिवार नै सुर्खेत पुगिसकेका छन् भने नेता शक्ति बस्नेत पनि वीरेन्द्रनगरमै छन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार