नाैलाेप्रेस डेस्क

822 Posts
दोदोधरा अस्पतालमा पुग्यो एक्स-रे मेसिन; साउन महिनाबाट २४ सैं घण्टा सेवा प्रवाह

दोदोधरा अस्पतालमा पुग्यो एक्स-रे मेसिन; साउन महिनाबाट २४ सैं घण्टा सेवा प्रवाह

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले एक्स-रे मेसिन दिएको छ । प्रदेश सरकारले ४१ लाख बराबरको मेसिन र अन्य उपकरणहरु दिएको हो । अस्पतालमा डिजिटल एक्स-रे मेसिन आए सँगै सेवा थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको छ । उक्त मेसिन बिहीबार अस्पतालमा पुगेको भएपनि काठमाण्डौबाट प्राविधिक आउनु पर्ने भएकाले जडान गर्न भने केही दिन लाग्ने अस्पताल प्रशासनले जनाएको छ । देशभरका ५ सय बढी पालिकामा एकसाथ शिलान्यास गरिएका १५ शय्या आधारभूत अस्पताल मध्ये दोदोधारा अस्पतालमा भने निर्माणमा देशकै पहिलो बनेको थियो । निर्माण जस्तै गुणस्तरीय सेवा प्रवाहमा पनि नमुना र उत्कृष्ट बनाउने लक्ष्यका साथ गाउँपालिकाले…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; देशभर हल्का देखि मध्यम वर्षा

मौसम पूर्वानुमान; देशभर हल्का देखि मध्यम वर्षा

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसम हाल सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी  र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ। आज राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम…
पुरा पढ्नुहाेस्
बर्दगोरियाको एसइई परीक्षाको नतिजा, श्री महुन्याल मा.वि.का अर्जुन आचार्य बने जिल्ला स्तरको नतिजामा तेस्रो

बर्दगोरियाको एसइई परीक्षाको नतिजा, श्री महुन्याल मा.वि.का अर्जुन आचार्य बने जिल्ला स्तरको नतिजामा तेस्रो

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाबाट २०७९ को एसइई परीक्षामा सहभागी ९ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन । उनीहरुले राष्ट्रिय परिक्षा बोर्डको ग्रेडिङ नतिजा प्रणाली अनुसार (३.६ देखि ४ जिपिए) भित्र आफ्नो नतिजा पार्दै ए प्लस ल्याउन सफल भएका हुन । यस्तै, २९ जना विद्यार्थी ए ग्रेड (३.२ देखि ३.६ जिपिए), ७१ जनाले बि प्लस (२.८ देखी ३.२ जिपिए) र ९६ जना बि ग्रेड (२.४ देखि २.८ जिपिए) ल्याइ उत्तीर्ण भएका छन् । यस्तै १ सय ५३ जनाले सी प्लस (२.० देखी २.४ जिपिए), १ सय ३७ जना सी ग्रेड (१.६ देखि २.० जिपिए), ६४ जनाले डी प्लस (१.२…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भारी वर्षा

मौसम पूर्वानुमान; कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भारी वर्षा

काठमाडौँ । देशमा हाल मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र  गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सीता दाहालको आजै बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । ६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो । अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान; भारी वर्षाको सम्भावना

काठमाडौँ, २७ असार । देशमा हाल मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जस अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहेको  छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा(हुरीको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  कोशी, मधेस,…
पुरा पढ्नुहाेस्
मनाङ एयरको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

मनाङ एयरको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा परेको छ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि बिहान १० बजेर १३ उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना परेको हो । हेलिकप्टर दुर्घटना हुँदा सवार ६ जनाको मृत्यु भएको छ । क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सीकोका नागरिकको शव दुर्घटनास्थल लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा भेटिएको छ । हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाले व्यवसाय दर्ता निःशुल्क गर्ने

बर्दगोरिया गाउँपालिकाले व्यवसाय दर्ता निःशुल्क गर्ने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्षबाट व्यवसाय दर्ता निःशुल्क गर्ने नीति अघि सारेको छ । मुक्त कमैया, मुक्त हलिया, सुकुम्वासी, सहिद तथा बेपत्ता परिवार र द्धन्द पीडितहरूलाई व्यवसाय दर्ता निःशुल्क गर्ने गाउँपालिकाले जनाएको छ । पछाडि पारिएका वर्ग र समुदायको अवस्था माथि उकास्न तथा उनीहरूलाई सहज रूपमा आय आर्जनमा जोड्न गाउँ सरकारले यस्तो नीति अघि सारेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । “कतिपय व्यवसाय गर्न इच्छुक हुँदा हुँदै पनि दर्ता शुल्ककै कारण वा अन्य कारणले पनि व्यवसाय दर्ता नगर्ने र सरकारी सहयोगबाट वञ्चित हुने गरेको पाइयो । यो समस्याको समाधान गर्दै जनतालाई सरकारको प्रत्यक्ष अनुभूति हुने गरी काम…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बाल कल्याण संघ टीकापुरको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरियामा बाल कल्याण संघ टीकापुरको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । बाल कल्याण संघ टीकापुरले सामाजिक परिक्षण कार्यक्रम २०७९/०८० सम्पन्न गरेको छ । चालु आर्थिक वर्षमा संघले बर्दगोरिया गाउँपालिकामा गरेका कार्यहरुको सार्वजनिक गर्दै सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी, वडा अध्यक्षहरु, पालिकाको कृषि शाखा, पशुसेवा शाखा, स्वास्थ्य शाखाका प्रतिनिधिहरु लगाएको सहभागी रहेको थियो । कार्यक्रम बोल्दै बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गिरीले बाल कल्याण संघ टीकापुरले आफ्नो पालिकामा गरेका कामहरु प्रति आफ्नो पालिकाको ध्यानाकर्षण भएको बताए । उनले भने हामीले गर्नु पर्ने केही कार्यहारु संघले गरेको छ, र उसले गर्न नसकेका कार्यहरू पालिकालाई सल्लाह सुझाव अनुसार दिएको छ । सोही क्रममा उनले जोडे…
पुरा पढ्नुहाेस्
आजबाट प्रदेश र स्थानीय तहको खाता बन्द

आजबाट प्रदेश र स्थानीय तहको खाता बन्द

काठमाडौँ । सोमवार आज देखि लागु हुने गरि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन। राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन, सूचनामा भनिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा…
पुरा पढ्नुहाेस्